Comments Add Comment

ब्युटिसियन लुट्ने पाकिस्तानी महिला पक्राउ

१३ साउन, इटहरी । इटहरीमा लुटपाटमा संलग्न रहेको आरोपमा पाकिस्तानी महिला पक्राउ परेकी छन् । लावर घर वताउने २५ बषर्ीया नाइला खालिदालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनी बिहीबार फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटिपार्लरमा पुगेकी थिइन् । त्यसक्रममा ब्युटिपार्लरमा काम गर्ने रिना खवाससँग चिनजान भयो । रिनालाई साथी बनाएकी खालिदा उनको घरमा सुन तथा पैसा लुटेर हिडेकी थिइन् ।

आफू अस्वस्थ्य रहेको भन्दै घर लैजान आग्रह गरेको कारण लगेेको र राति ११ वजे चिया खाने भन्दै लट्याउँने औषधि खुवाएर भागेको भन्दै खवासले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनले ३ वटा सामसुङ कम्पनीको मोवाईल, २ तोला सुन, २३ तोला चादी र ६ हजार नगद लिएर भागेको खवासले बताइन् । पाकिस्तानी महिलाले दिनभरी आफ्नो समस्या देखाएपछि आफूसँगै घर लगेको खवासले प्रहरी समक्ष वताएकी छिन ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेेश सुवेदीले पाकिस्तानी महिलालाई शुक्रबार विहान ३ वजे पक्राउ गरिएको बताए । चोरीको घटनाबारे अनुसन्धा भइरहेकेाछ । ‘उनी १५ दिनको भिजिट भिसामा नेपाल आएको देखियो’ डीएसपी सुवेदीले भने ।

विभिन्न वहाना बनाउँदै लुटपाट गर्नेहरु बढ्दै गएको भन्दै प्रहरीले सचेत रहन समेत सर्वसाधरणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment