Comments Add Comment

जापानी लगानीकर्ताले नेपालमा सोझै लगानी गर्ने व्यवस्था गरिदै


१३ साउन, टोकियो । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाको पहल शुरु गरिएको छ ।

जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत र जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच बुधबार साँझ राजधानी टोकियोमा औपचारिक रुपमा भेटवार्तामार्फत उक्त पहल गरिएको हो ।

भेटवार्तामा विदेशमा जापानी लगानीकर्ता र व्यवसायीलाई सहयोगी भूमिका निर्वाह गर्दै आएको जिट्रोले नेपालमा कार्यालय स्थापनामार्फत सघाउ पुर्याउदै भन्दै दुवै पक्षबाट तत्काल गर्न सकिने कामका बारेमा छलफल भएको जापानस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

हालसम्मको व्यवस्थाअनुसार भ्रमण वा अन्य उद्देश्यले नेपाल गएर पनि मन परेको क्षेत्रमा सिधै आबद्धता जनाउन चाहने जापानी नागरिकलाई पुनः जापान पुगेर जेट्रो कार्यालयसँग सहमति लिनुपर्ने झन्झट हटाउन नेपालमा कार्यालय स्थापनाका लागि जापानी लगानीकर्तालाई तत्कालका लागि नेपालीसँग लगानी साझेदारी गर्न सघाउने संयन्त्रबारे विकल्प उपायबारे पनि दुबै पक्षबीच छलफल भएको थियो ।

लगानी गर्न इच्छुकलाई आधिकारिकता प्रदान गरी सहायता गर्ने जापानको आधिकारिक निकाय जिट्रोका प्रमुख हिरोयुकी इसिगे र जापानका लागि नेपाली राजदूत प्रतिभा राणाबीच भएको भेटमा लगानी बढाउन नेपालमै जिट्रोको कार्यालय स्थापना गर्ने विषयमा छलफल भएको होे ।

नेपालको भौतिक तथा औद्योगिक क्षेत्रमा सीमित जापानी लगानीकर्तालाई जिट्रोको कार्यालय स्थापनामार्फत आर्थिक र प्राविधिक क्षेत्रको सबै तहमा पु¥याउन आवश्यक रहेको तर्कसहित नेपाल सरकारका तर्फबाट जापानस्थित राजदूतावासले पहल गरेको हो जसअन्तर्गत तत्कालै राजदूतावासले कार्यालय स्थापनाको पूर्वाधारका लागि पहिलो चरणमा जापानी उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसरका बारेमा जानकारी गराउन जापानमा नेपाल इन्भेस्टमेन्ट सेमिनार गर्नेछ ।

लामो अन्तरालपछि पहिलो महिला राजदूतका रुपमा आउनुभएकी राणाको पहलस्वरुप बुधबारको भेटमा सेमिनारबाट जापानी व्यवसायी तथा लगानीकर्तालाई सिधै लगानी गर्न आवश्यक सहायताका पहल गर्ने विषयमा पनि छलफल गरिएको उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए ।

राजदूतावासले जिट्रो प्रमुख इसिगेसंगको भेटलाई अहिलेसम्मकै उच्चस्तरीय र परिणाममुखी रहेको भन्दै अस्थिर राजनीति र नेपालको आन्तरिक व्यवस्थाका कारण लामो समय राजदूतविहीन हुँदा जापानी आधिकारिक निकायमा परेको असरलाई न्यून पार्ने प्रयास भएको जनाएको छ ।

यसअघिका भेटमा नेपालमा लगानी बढाउने सम्बन्धमा उपलब्धि देखिने खालका काम हुन सकेका थिएनन् । बुधबारको भेटलाई जिट्रो कार्यालयले पनि सकारात्मक रुपमा लिँदै दुई पक्षबीच भएको छलफललाई उपलब्धिमूलक बनाउन सकारात्मक देखिएको जनाएको छ ।

उसले लगातारको फेरबदलले जापानमा आपसी विकास र छलफलका गतिविधि सुस्ताएको भन्दै यस प्रकारका भेटघाटलाई बढाउन पनि दुवै पक्ष सकारात्मक हुनुपर्ने पनि जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment