Comments Add Comment

इट्टाको बिकल्पमा आयो अन्तराष्ट्रियस्तरको ब्लक्स, सस्तो र सुरक्षित पनि

१३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय मुलुकमा झण्डै ९० वर्ष पहिलेनै उत्पादन सुरु भएको एएसी (अटोक्लेभ एरेटेट कङक्रिट)  ब्ल्क्सको नेपालमा हालैमात्र उत्पादन सुरु भएको छ । अन्य इट्टा भन्दा यसबाट घर तथा भवनको निर्माण गर्दा सस्तो पर्ने भएका कारण बिश्वबजारमा यसको प्रयोग बढ्दै गएको छ ।

बिश्वबजारमा सन् १९२९ बाट यसको उत्पादन सुरु भएको थियो । सुरुवातामा स्वीडेनमा उत्पादन सुरु भएको यो ब्ल्क्सको उत्पादन अहिले बिश्वका कैयन मुलुकमा हुने गरेको छ ।

अहिले यो बिशेषगरि चीन अमेरीका मध्यपुर्वि राष्ट्र तथा युरोपमा ठुलो मात्रामा उत्पादन हुने गरेको छ । सस्तो र ड्यामेज कम हुने साथै निर्माणको काम छिट्टै सम्पन्न गर्न सकने भएका कारण पनि अहिले अमेरिका, युरोप र मध्यपूर्वमा यसको लोकप्रियता बढ्दै गएको छ ।

नेपालमा भने हालैबाट मात्रै यसको उत्पादन सुरु भएको छ । नेपालमा अहिले एरोब्रिक्स प्रालिले एएसी (अटोक्लेभ एरेटेट कङक्रिट)  ब्लक्स उत्पादन शुरुगरेको छ । कम्पनीले चितवनमा रहेको आफ्नो कारखानाबाट यो ब्लक्स उत्पादन गरिरहेको छ ।

एरोब्रिक्समा अहिले नेपाली उपभोक्ताको पनि आकर्षण बढ्दै गएको छ । अहिले माग अनुसारको उत्पादन दिन हम्मेहम्मे परिरहेकोे एरोब्रिक्स प्रालिका कार्यकारी निर्देशक सुभाष अधिकारी बताउँछन् ।

उनका अनुसार यो परम्परागत इँटाको तुलनामा करिब १० प्रतिशत सस्तो, साठी प्रतिशत हलुका र बलियो समेत हुन्छ ।

इट्टा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । जसका कारण खेतीयोग्य जमिनमा अहिले इट्टा भट्टा व्यवसायीहरुको आकर्षण बढ्दै गएको छ । साथैयस्तो भट्टी सञ्चालन गर्दा ठुलो मात्रामा धुवा समेत आउँछ जसले वातावरण प्रदुषण गरिरहेको छ ।
तर आधुनिक प्रविधीबाट उत्पादन हुने यस्तो एएसी ब्लक्सले भने माटोको प्रयोग गर्दैन भने उद्योगबाट धुवा खासै ननिस्कने भएका कारण वातावरण पनि प्रदुषित हुँदैन । ढिलो गरिमात्रै नेपालमा उत्पादन सुरु भएको यो ब्लक्सले अहिले बजार जमाउँदै गएको छ ।
छिमेकी मुलुक भारतमा पनि यसको आकर्षण बढ्दै गएको छ ।

निर्देशक अधिकारी भन्छन् ‘यो माटोको इट्टा भन्दा हलुङ्गो हुन्छ तर मजबुतमा इट्टा भन्दा कम छैन, वातावरण समेत दुषित नगर्ने यो आधुनिक प्रबिधिको ब्लक्स घर निर्माणका लागि सवै किसिमले उपयोगी छ । ’

इट्टाको मूल्य अब स्थिर रहनसक्छ
नेपाली बजारमा घर बनाउने क्रममा इट्टाको विकल्पमा अन्य निर्माण सामाग्री थिएनन् । केहि वर्षअघिदेखि सिमेन्टका ब्लकको उत्पादन सुरु गरिएको भएपनि अधिक तौल र गुणस्तरीय समेत नहुने भएका कारण यसले खासै बजार लिन सकेन । जसका कारण घर निर्माणका क्रममा नेपालीहरु इट्टा प्रयोगगर्न बाध्य भएका थिए ।

इट्टाको उत्पादन कम हुँदा यसको मूल्य बढ्ने गरेको छ । बजारमा माग अनुसारको उत्पादन नहुँदा व्यवसायीहरुले यसको भाउ हरेक सिजनमा बढाइरहेका हुन्छन् ।

तर अब इट्टाको बिकल्पको रुपमा आएको एएसी ब्लक्सका कारण इट्टाको मूल्य भने स्थिर रहन सक्ने देखिन्छ ।
अधिकारी भन्छन् ‘यसको उत्पादनमा मौसमले कुनै असर गर्दैन, ३ सय ६५ दिन, २४ सै घन्टा हामीले यसको उत्पादन गर्न सक्छौ ।’ उद्योग भित्र उत्पादन हुने भएका कारण यसको उत्पादनमा मौसमले कुनै असर गर्दैन ।
एएसी ब्लक्स सिमेन्ट, बालुवा, चुना र आल्मुनियमको धुलोबाट निर्माण हुने गर्दछ । यसको उत्पादनमा मलिलो माटोको प्रयोग गर्नुपर्देन । जसले गर्दा खेतीयोग्य जमिन मासिनबाट जोगिन्छ ।
यसको उत्पादन क्रममा उर्जाका रुपमा बिद्युत प्रयोग गरिन्छ । यसलाई स्टिम गर्नका लागि भने कोइलाको प्रयोग गरिन्छ । प्रबन्ध निर्देशक अधिकारीभन्छन् ‘कोइलाको धुवा बाहिर गएर बाताबरण प्रदुषण नहोस् भनेर हामीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर धुवालाई फिल्टर गरेर शुद्ध हावा बनाएर मात्रैबाहिर फ्याक्ने गरेका छौं । ’

ग्राकहलाई बन्यो नयाँ बिकल्प

नेपालमा करिब १ हजार भन्दा बढि इट्टा उद्योगहरु रहेका छन् । जसले दैनिक लगभग ६० हजार इटा उत्पादन गर्ने गरेका छन् ।
मौसमले इट्टाको उत्पादन प्रभावित भएपछि अधिकांश ग्राहकले खोजेकै समयमा इट्टा पाउने अवस्था छैन । साथै बेलाबेलामा चर्को मूल्य समेत तिरेर खरिद गर्न ग्राहक बाध्य भएका छन् ।

अधिकारीका अनुसार अहिले एरोब्रिक्सले दैनिक तीन लाख पचास हजार परम्परागत इट्टा बराबरको उत्पादन क्षमता जडान गरेको छ । अर्थात यसले दैनिक पाँच सय घनमिटर उत्पादन गर्दछ । तर अहिलेलाई भने यसले १ सय ८० घनमिटर अर्थात रातो इट्टाको झन्डै १ लाख २० हजार बराबर मात्र उत्पादन गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment