Comments Add Comment

नवाज शरीफ दोषी ठहर, पानामा लिक्सले प्रधानमन्त्री पद गयो

१३ साउन, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी ठहर गरेको छ । यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् । अब उनले राजीनामा दिनु पर्नेछ ।

कालो धन जम्मा गरेको आरोपमा सरिफ दोषी ठहर भएको बीबीसीले जनाएको छ । उनीसँगै उनकी छोरी र छोरी ज्वाइँलाई पनि अदालतले दोषि ठहर गरेको छ ।

नवाज शरीफ पाकिस्तानको तीन पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । उनलाई अदालतले कुनै पनि सार्बजनिक पदका लागि अयोग्य ठहर गरिदिएको छ ।

सैनिक शासक परवेज मुशर्रफले तत्कालीन प्रधानमन्त्री शरीफलाई अपदस्थ गरेर शासन सत्ता हातमा लिएपछि शरीफले देश नै छाड्नुपरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पाँच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो ।

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा नवाज शरीफविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment