Comments Add Comment

जलस्रोतको धनी नेपालमा फिलिपिन्सदेखि बेलायतसम्मको पानी

वर्षमा साढे ३ लाख लिटर खानेपानी आयात, डेढ करोड बाहिरियो

१३ साउन, काठमाडौं । जलस्रोतमा विश्वमै दोस्रो ठूलो देश मानिने नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात भएको पाइएको छ । नेपालमा बेलायत, फिलिपिन्सदेखि जापान, मलेसियाबाट खानेपानी आयात हुने गरेको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०७३/७४ मा विभिन्न मुलुकबाट ३ लाख ५५ हजार ४ सय ३४ लिटर खानेपानी (मिनरल वाटर) आयात भएको छ ।

उक्त अवधिमा भारतबाट २ लाख ३० हजार ६ सय ४७ लिटर र चीनबाट ३६ हजार लिटर मिनरल वाटर आयात भएको छ । गत आवमा वेलायतबाट ३५ हजार ५ सय ९६ लिटर, फ्रान्सबाट २६ हजार ६ सय ४३ लिटर, युरोपियन यूनियनबाट १९ हजार ६ सय ५१ लिटर र जापानबाट २ हजार ९ सय ३२ लिटर मिनरल वाटर आयात भएको छ ।

त्यस्तै, गत आवमै मलेसियाबाट २ हजार ६ सय ८७ लिटर, थाइल्याण्डबाट १ हजार २ सय ७६ लिटर र फिलिपिन्सबाट २ लिटर मिनरल वाटर आयात भएको विभागको तथ्याङ्क छ ।

गत आवमा १ करोड ४३ लाख ८५ हजार रुपैयाँ बराबरको मिनरल वाटर आयात भएको विभागले जनाएको छ ।

आव २०७२/७३ मा नेपालले ११ लाख ३९ हजार ६ सय ३६ लिटर मिनरल वाटर आयात गरेको थियो । गत आवमा ६ करोड ४ लाख ६३ हजार रुपैयाँ बराबरको मिनरल वाटर आयात गरेको थियो ।

आव २०७२/७३ मा नेपालले भारतबाट ८ लाख ५६ हजार ३ सय ७५ लिटर मिनरल वाटर आयात गरेको थियो ।

त्यस्तै, फ्रान्सबाट ४७ हजार १९ लिटर, वेलायतबाट १३ हजार ८ सय १३ लिटर, जापानबाट ९ हजार ९ सय ९६ लिटर र सिङ्गापुर र युनाइटेड अरब इमिरेट्स प्रत्येकबाट ७ सय २० लिटर/७ सय २० लिटर मिनरल वाटर आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment