Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।

पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । त्यसैलाई टेकेर उनीविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा प्रधानमन्त्री शरीफलाई दोषि ठहर गरेको छ । यद्यपी शरीफ परिवारले कालो धन राखेको आरोप अस्वीकार गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् 

नवाज शरीफ दोषी ठहर, पानामा लिक्सले प्रधानमन्त्री पद गयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment