Comments Add Comment

नगरकोटमा ६२ करोडमा बनेको मिस्टिक माउन्टेन होटल अाजदेखि सञ्चालनमा


१३ साउन, काठमाडौं । ६२ करोड रुपैयाँको लागतमा १० वटा स्विट रुम र ६१ वटा डिलक्स गरी ७१ वटा कोठा रहेको मिस्टिक माउन्टेन होटल शुक्रबार (आज)देखि सञ्चालनमा आएको छ ।

नगरकोटमा रहेको ५ तारे होटेलमा पर्यटन व्यवसायी बालकृष्ण ध्वँजुको निजी र एकल लगानी रहेको छ । यसले २७ रोपनी क्षेत्रफल ओगटेको छ ।

पर्यटन तथा होटेल व्यवसायी ध्वँजुले विगतको आफ्नो अनुभवलाई सोही क्षेत्रमै लगानी गरी नगरकोटमा पर्यटन विकासका लागि नयाँ र अति सुविधा सम्पन्न होटेल बनाएको बताए ।

आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको होटेलका अध्यक्ष एवं प्रबन्ध सञ्चालक बालकृष्ण ध्वँजुले बताए ।

काठमाडौंबाट ३२ किलोमिटर टाढा डाँडामा अवस्थित सो होटेलको हरेक कोठाबाट विभिन्न हिमाल देख्न सकिन्छ । ‘अल्ट्रा लग्जरी’ होटेलको रूपमा स्थापित सो होटेलमा अधिकांश पूर्वाधार भारत, चीनका साथै इटालीसम्मका सामग्री प्रयोग गरिएको छ ।

टेनिस कोर्ट, हेल्थ क्लब, दई वटा स्विमिङ पुल, दुई वटा बार, एउटा कफी बारसहितको सो होटेल अशक्तमैत्री रहेको छ ।

दुई जना सुत्ने गरी ट्विन सेयरिङमा डिलक्स स्तरको प्रतिरुमको एकरातको मूल्य ब्रेकफास्ट, स्न्याक्स, वाइन र डिनरसहित कर समावेश गरी १५ हजार रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment