Comments Add Comment

कैलालीका दुईवटा कार्यालय स्थानीय तहमा समायोजन

१३ साउन, कैलाली । कैलालीका दुईवटा सरकारी कार्यालय स्थानीय तहमा समायोजन भएका छन् ।

स्थानीय तहको नयाँ संरचना अनुसार महिला तथा बालबालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयलाई समायोजन गरिएको हो ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख लगायत सम्पूर्ण कर्मचारीहलाई कर्मचारी समायोजन समितिले जिल्लाका विभिन्न स्थानीय तहमा खटाउने निर्णय गरेको छ भने घरेलु तथा साना उद्योग कार्यालयलाई धनगढी उपमहानगरपालिकाको मातहतमा गाभिएको कर्मचारी समायोजन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

समायोज भएको महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुलाई तत्काल १३ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा खटाइने निर्णय भएको संयोजक रिजालले जानकारी दिए ।

कैलालीका १३ वटा स्थानीय तह मध्ये मोहन्याल, चुरे र बर्दगोरिया गाउँपालिकमा भवन अभावका कारण महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरु नपठाइएको बताए ।

महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत पुजा काफ्लेले विकट पहाडी गाउँपालिकामा कर्मचारी जान नमानेका कारण केही समस्या भएको बताइन् ।

घरेलु तथा साना उद्योगको नाम परिवर्तन गरेर धनगढी उपमहानगरपालिका उद्योग विकास शाखा राखिएको छ ।

परिवर्तित उद्योग विकास शाखाका कर्मचारी भने अन्यौलमा रहेका छन् । कार्यालयले अब जिल्ला भरिको काम गर्ने की उपमहानगरपालिकाको मात्रै गर्ने भन्ने अन्यौलता रहेको उद्योग अधिकृत दिलिप चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment