Comments Add Comment

रूखबाट लडेर सल्यानमा एक जनाको मृत्यु


१३ साउन, सल्यान । जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा नास्पतिको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बनगाड कुपिन्डे नगरपालिका ३ काभ्राका अन्दाजी ४७ वर्षे चन्चल पुनको मृत्यु भएको हो ।

उनी घर नजिकैको नास्पति टिप्न गएको बेला शुक्रबार दिउँसो रुखबाट खसेका हुन् ।

रुखबाट खसेर गम्भीर भएका पुनलाई अस्पताल नपुर्‍याउँदै मृत्यु भएको हो । नजिक अस्पताल नहुँदा पुनको मृत्यु भएको स्थानीय शिक्षक इन्द्रबहादुर बुढाथाेकीले जानकारी दिए ।

पुनका श्रीमती, ३ छोरा र २ छोरी छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment