Comments Add Comment

द्रुतमार्गलाई आवश्यक विष्फोटक पदार्थ भारतबाटै ल्याइने, रक्षामन्त्री भन्छन्- विकल्पै छैन

१३ साउन, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प नरहेको बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । हाल नेपाली सेना द्रुतमार्ग निर्माणको काममा खटिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा नवनियुक्त रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट ल्याइने बताए ।

सरकारले ७ वटै प्रदेशमा नेपाली सेनाको पृतनापति कार्यालय स्थापना गर्ने तयारी पनि गरेको रक्षामन्त्री प्रधानले जानकारी दिए । काठमाडौं उपत्यकामा भने छुट्टै पृतनापति कार्यालय रहने छ । संघीयता कार्यान्वयन गराउन सबै प्रदेशमा नेपाली सेनाको पृतनापति कार्यालय स्थापना गर्न लागिएको मन्त्री प्रधानले बताए ।

रक्षामन्त्री प्रधानले निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न नेपाली सेनाको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment