Comments Add Comment

नेपालीनेपाली डटकमको तेस्रो वर्षिकउत्सव जर्मनीमा मनाइँदै

बार्सिलोना । युरोपको चर्चित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।

जर्मनीको फ्यांकर्फटमा शनिबार बिशेष कार्यक्रम गरी बार्षिक उत्सव बनाउने नेपालीनेपालीको योजना अनुसार कार्यक्रम तालिका तयार भइसकेको उसले जनाएको छ ।

‘सबै नेपालीहरुको खवर’ले परिचित नेपालीनेपाली डटकमले कार्यक्रमलाई दुई चरणमा बिभाजन गद ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गरिँदै छ ।

डेनमार्क, स्पेन, जर्मनी, नेदरल्याण्डस् र बेल्जियममा बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन भएका प्रयासलाई समेटेर भिडियो रिपोर्ट प्रस्तुत गरिने प्रधानसम्पादक बसन्त रानाभाटले जानकारी दिए ।

दोस्रो चरणमा युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा मिडियाले प्यानल छलफल गर्दैछ । छलफल कार्यक्रममा प्यानालिष्टको रुपमा गैर आबासीय नेपालीसंघका प्रमुख संरक्षक जीवा लामिछाने, बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्ऽ नेपाली, बीबीसी नेपाली सेवाका बरिष्ट पत्रकार भगीरथ योगी, अनलाइनखबर डट कमका सम्पादक अरुण बराल र युरोपबाट सक्रिय रुपमा कलम चलाइरहेका पत्रकार चिरन शर्मा रहेका छन् ।

युरोपमा नेपाली मिडियाको एनआरएनसंगको सहकार्य, सूचना प्रविधिको विकासले मिडियासामू ल्याएको चुनौती र अवसरहरु, काठमाडौंबाट हेर्दा प्रवासी पत्रकारहरुले ध्यान दिनुपर्ने बिषयहरु, युरोपमा नेपाली मिडियाको अवस्था आदि बिषयमा छलफल तथा टिप्पणी गरिने छ ।

कार्यक्रममा नेपाल तथा युरोपबाट सहभागी हुने पत्रकारहरुको लागि प्यानालिष्टसँग प्रश्न तथा जिज्ञासा राख्नका लागि ˆलोर डिस्कसन पनि हुने मिडियाले जनाएको छ ।

युरोपमा नेपाली पत्रकारिताको बर्तमान अवस्था, भविष्य, सम्भावना र चुनौतीलाई केन्ऽित गर्दै नेपाली समुदाय माझ हुने छलफलले सार्थकता पाउने बिश्वास मिडियाले राखेको छ ।

बीबीसीका बाताबरण संबाददातालाई सम्मान गरिने

बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीनसिंह खड्कालाई सम्मान गरिने भएको छ । दुई दशकदेखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुर्‍याएको योगदानको कदर गर्दै मिडियाले खड्कालाई सम्मान गर्न लागेको हो ।

बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन् । खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको कार्यक्रम निर्माताको रुपमा काम गरेका थिए ।

गत वीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर उनले रिपोर्टिङ गरिसकेका छन् । खड्काले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अंग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा काम गरेका थिए । दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन् ।

गत बर्ष नेपालीनेपाली डटकमले बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्ऽ नेपालीलाई बिशेष सम्मान प्रदान गरेको थियो ।

युरोप बर्ष व्यक्तित्वको घोषणा

नेपालीनेपाली डटकमले हरेक बर्ष प्रदान गर्दै आएको युरोप बर्ष व्यक्तित्व सम्मान यस बर्ष पनि घोषणा गर्नेछ । युरोपको नेपाली समुदायमा रही सामाजिक रुपमा काम गर्दै आएका एक जनालाई ‘युरोप वर्ष व्यक्तित्व’ को नाममा मिडियाले सम्मान गर्दै आएको छ ।

गत वर्षदेखि सुरु भएको युरोपस्तरीय कार्यक्रममा बेलायत निबासी कुल आचार्यले युरोप बर्ष व्यक्तित्वको सम्मान पाएका थिए भने पहिलो बर्षको कार्यक्रममा स्पेनका एकराज गिरी सम्मानित भएका थिए।

नेपालीनेपाली डटकमको तेस्रो बाषिर्कोत्सव समारोहलाई जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले उदघाटन गर्नेछन् । उदघाटन समारोहमा गैरआबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्यदूत रामप्रताप थापा, केन्द्रीय उपाध्यक्ष कुमार पन्त, महासचिव डा.बद्री केसी सहभागी बन्नेछन् ।

यस्तै संघका सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपीला राजभण्डारी, उप संयोजक रजनी प्रधान, युवा उप-संयोजक लोकराज शर्मा, संघका प्रबक्ता रन्जु थापा वाग्ले, युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरुले पनि कार्यक्रममा सहभागिता जनाउँदैछन् ।

एनआरएनको दशौ युरोपेली बैठक हुने होटल नजिकै कार्यक्रमको आयोजना गरेको हुँदा बैठकमा पुग्ने सबै पाहुनाहरुलाई समेत खुल्ला रुपमा कार्यक्रममा सहभागी बन्न नेपालीनेपालीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment