Comments Add Comment

माउण्ट कैलाश रिसोर्टलाई अन्तराष्ट्रिय अवार्ड


१३ साउन । पोखराको लेकसाईड स्थित माउण्ट कैलाश रिसोर्टले फेरी अर्को अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको छ । द विज नामक ब्यापारको विश्व संगठनले अमेरिकाको भर्जिन आईल्याण्डमा एक कार्यक्रमका बीच माउण्ट कैलाश रिसोर्टलाई मार्केटिङ म्यानेजमेन्टमा उत्कृष्टताको अवार्ड प्रदान गरेको हो । अर्वाड प्राप्त गरेलगतै रिर्सोटका संचालक नरेश भट्टरार्इले भने यो अर्वाड समग्र नेपाल र पोखराबासीको गौरव भएको बताए ।

यस अर्वाडले होटललार्इ झन जिम्मेवार बनाएको बताए ।  संगठनमार्फत ब्यापार उत्कृष्टता पहिचान गर्न सिर्जना गरिएको पुरस्कार यो वर्ष माउन्ट कैलाश रिसोर्टले प्राप्त गरेको हो ।

माउण्ट कैलाश रिसोर्टले यसअघि गत पुसमा यूरोप बिजनेश एसेम्ब्लीद्धारा प्रदान गरिने दुई वटा अवार्ड प्राप्त गरेको थियो ।

बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली (ईबीए) ले ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको रिसोर्टलाई गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआईडी) नामक अन्तराष्ट्रिय संस्थाले ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको थियो । १० महिनाको विचमा माउण्ट कैलाश रिसोर्टले चौथो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment