Comments Add Comment

छथरमा जनप्रतिनिधिको पोसाकः दौरा सुरुवाल र गुन्यूचोली अनिवार्य

१३ साउन, तेह्रथुम। जिल्लाको छथर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पर्छ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवद्र्धनका लागि ढाकाका कपडासमेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले जानकारी दिए ।

बैठकले गाउँपालिकामा निर्वाचित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्सदिलो नहुने गरी विभिन्न १० वटा विषयगत समिति समेत गठन गरेको छ ।

गाउँकार्यपालिकाले विगतदेखि हालसम्म सञ्चालनमा रहेका सबै योजनाको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ । तिगेलाले पाँच वर्षभित्र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी टिमलाई क्रियाशील बनाएर काम गर्ने बताए ।

छथर गाउँपालिकाका लागि सरकारले २३ करोड ४५ लाख बराबरको बजेट सीमा तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment