Comments Add Comment

डडेल्धुराका ४ वटा प्राविधिक शिक्षालय अबैधानिक


आशिष मल्ल । १२ साउन, डडेल्धुरा । जिल्लामा रहेका ६ वटा प्राविधिक तालिम सेन्टर र शिक्षालयहरु मध्ये ४ वटा अबैधानिक रुपमा सञ्चालन भएको पाइएको छ ।

तीन महिने तालिम सेन्टर र १८ महिने प्राविधिक शिक्षालय गरी जिल्लामा सञ्चालित ६ वटा शिक्षालयहरु मध्ये २ वटा संस्थाहरु मात्रै बैधानिक रहेको पाइएको छ ।

सेती प्राविधिक शिक्षालय दिपायल प्रमुख तथा सिटिइभिटिका प्रतिनिधि शालिकराम डाँगीको संयोजकत्वमा तालिम सेन्टर तथा शिक्षालयहरुको अनुगमन गर्दा ४ वटा अबैधानिक रुपमा संचालन भएको पाइएको हो ।

एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर, पारामेडिकल कलेज पोखरा, ग्लोबल इन्स्टिच्यूट अफ होटेल म्यानेजमेन्ट र मधुवन इन्स्टिच्यूट अफ होटेल म्यानेजमेन्ट अबैधानिक रुपमा संचालन भएको पाइएको हो ।

पारामेडिकल कलेज पनि नियम विपरित विद्यार्थी भर्ना गरिएको भन्दै तीन वर्षका लागि बन्द भएको छ । यस्तै एफसिआईका संचालकले पनि केही दिनदेखि संस्था बन्द गरेका छन् ।

एफसिआईले ३ वर्षदेखि डिप्लोमा कोर्ष पढाउँदै आएको थियो ।

यी संस्थामा अनुगमन टोली पुगेपछि संचालकहरु होर्डिङ बोर्डहरु नै लुकाएर भागेको अनुगमन टोलीका संयोजक डाँगीले बताए ।

यी तालिम सेन्टर र शिक्षालयले तीन महिनासम्मको अनुमति लिने तर १२ महिनाको शूल्क असुलेर संस्था बन्द गर्ने गरेको अनुमान गरिएको छ ।

यस्ता संस्थाहरुलाई कागजात पेश गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।

उनले ३ महिने इजाजत पत्र लिएका तालिम सेन्टरहरुलाई अबैधानिक नै भन्न नमिल्ने बताए । साथै अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुले अध्ययन गर्ने संस्था बैधानिक भएनभएको एकिन गरेर मात्रै पढ्न पढाउन सुझाव दिएका छन् ।

अनुगमनका क्रममा सिटिइभिटिबाट सम्बन्धन प्राप्त २ वटा संस्थाहरु हृवाइट पार्क कलेज चिमि्रकोट र शिखर टेक्निकल कलेज तुफानडाँडा मात्रै बैधानिक भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment