Comments Add Comment

यसरी बढाउनुहोस् पाचन क्षमता


हामीले जे जति खानेकुरा खान्छौ, त्यसबाट शरीरले उर्जा प्राप्त गर्छ । यसरी खानालाई उर्जामा बदल्ने जुन प्रक्रिया हुन्छ, त्यसलाई मोटाबोलिज्म भनिन्छ । व्यक्तिको स्वास्थ्य अनुसार मोटाबोलिज्म क्षमता कसैमा बढी र कसैमा कम हुनसक्छ । यदि मोटाबोलिज्म दर बढी छ भने, शरीरमा पचाउने क्षमता राम्रो छ भन्ने हो । मोटाबोलिज्म दर बढी भएपछि शरीरमा पर्याप्त उर्जा हुन्छ ।

सबैको पाचन क्षमता राम्रो हुँदैन । अर्थात कतिपयको मोटाबोलिज्म दर कम हुन्छ । त्यस्ता व्यक्तिलाई भोक कम लाग्छ, सुस्त महसुष हुन्छ । साथै चाडै मोटोपनको शिकार हुन्छन् ।

कसरी बढाउने मोटाबोलिज्म दर ?

मोटाबोलिज्म दर कम हुनु र बढी हुनुमा हामी स्वंम जिम्मेवार हुन्छौ । हाम्रो दिनचर्या, शारीरिक गतिविधी, खानपान आदिको कारण मोटाबोलिज्म दर कम/बढी हुने हो । अतः मोटाबोलिज्म दर निम्न विधीबाट बढाउन सकिन्छ । \

बिहान पानी पिउनुहोस्

जब हामी बिहान उठ्छौ, तब खाली पेटमा मनतातो पानी पिउनुपर्छ, एक वा दुई गिलास । कागती पानी अझ राम्रो हो । यसले हाम्रो पाचन यन्त्रलाई सफा मात्र गर्दैन, प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ । कागतीमा जुन तत्व पाइन्छ, त्यसले खाएको कुरा पचाउनमा सहयोग गर्छ । यसका साथै दिनभरका लागि हाइड्रेट राख्छ ।

मसल्स स्टे्रचिङ

बिहान उठेर योग, एरोबिक्स, वेट लिफ्ट वा अन्य शारीरिक गतिविधी गर्नुपर्छ । दैनिक २० देखि ४५ मिनेटसम्म कार्डियो गर्न सकिन्छ । यसले मोटाबोलिज्म दर बढाउँछ ।

प्रोटिनयुक्त नास्ता

बिहानको नास्ता अनिवार्य गर्नैपर्छ । नास्ता गर्नु भनेका दिनको सुरुवात गर्ने राम्रो तरिका हो । बिहानको नास्ताले दिनभरको लागि शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ । नास्तामा अन्डा लगायतका प्रोटिनयुक्त खानेकुरा सहि हुन्छ ।

पर्याप्त निन्द्रा

बिहान चाडै उठ्नु धेरैका लागि कठिन हुनसक्छ । यद्यपी बिहान सवेरै उठ्नु एकदमै राम्रो हो । बरु यसका लागि राती चाडै सुत्ने अभ्यास गरौ । यद्यपी चाडो उठ्ने चक्करमा कम निन्द्रा लिनु भने सहि हुन्न । पर्याप्त निन्द्रा लिनुपर्छ, ७ देखि ८ घण्टासम्म ।

ग्रीन टि

अध्ययनबाट थाहा भएको छ कि, ग्रीन टिमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पचाउनमा पनि सहयोग गर्छ । त्यसैले मोटाबोलिज्म दर बढाउनका लागि दिनमा तीन वा चार कपसम्म ग्रीन टि पिउनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment