Comments Add Comment

गाउँपालिका अध्यक्षको स्पष्टीकरणः जनताको सहजताका लागि वडाध्यक्षलाई मोटरसाइकल


१३ साउन, सुर्खेत । चौकुने गाउँपालिकाका जनप्रतिनिधिले मोटरसाइकल किन्ने निर्णयको बचाउ गरेका छन् । वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने निर्णयको चाैतर्फी आलोचना भएपछि गाउँपालिकाले पत्रकार सम्मेलन गरेर निर्णयको बचाउ गरेको हो ।

गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले शुक्रबार जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी ‘जनताको सहजताका लागि’ मोटरसाइकल किन्ने निर्णय भएको स्पष्टीकरण दिएका हुन् । ‘चौकुनेको विकटता र भौगोलिक अवस्था हेर्दा जनप्रतिनिधिका लागि मोटरसाइकल अत्यावश्यक छ,’ उनले भने, ‘जनताकै गुनासा सुन्न छिटो होला भनेर हामीले मोटरसाइकल किन्ने निधो गरेका हौं ।’

शाहीले मोटरसाइकल किन्ने निर्णयलाई गलत अर्थ नलगाउन आग्रह गरेका छन् । कमोटरसाइकल खरिद र एम्बुलेन्सको आवश्यकता फरक भएको दाबी गर्दै उनले हिलाम्मे र साघुँरा पश्चिम क्षेत्रका सडकलाई स्तरोन्नती गर्दै लैजाने प्रतिबद्धता जनाए ।

उनले गुटु-बेनीघाट सडक खण्डबारे पनि डिभिजन सडक कार्यालयमा कुरा भइरहेको भन्दै ठेकेदारले ग्रावेल गर्ने नाममा ठुला ढुंगा सडकमा हालेका कारण गाडी जान समस्या भएको बताए ।

चौकुने गाउँपालिकाको ३१ करोडको बजेटमा पूर्वाधार निर्माणका लागि मात्र ११ करोड विनियोजन गरिएको उनले बताए । अध्यक्ष शाहीले भने, ‘चौकुनेको आर्थिक, सामाजिक, संस्थागत विकास लगायतका विभिन्न क्षेत्रमा समानुपातिक रुपमा बजेट विनियोजन गरेका छौं ।’

यो पनि पढ्नुस् 

वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने चौकुने गाउँपालिकाको निर्णय

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment