Comments Add Comment

‘म यस्तो गीत गाउँछु’का लागि थाइल्याण्डमा पल


असार ३० गतेबाट नेपालका विभिन्न हलमा रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले आक्रामक ओपनिङ गर्‍यो । यो बर्षकै पहिलो हिट चलचित्रको रुपमा दहरिएको लभ स्टोरी कथाले तेश्रो सातामा पनि दर्शकको मन जितिरहेको छ । चलचित्रका निर्देशक सुदर्शन थापाले भने-‘तेश्रो सातामा पनि हामीले पाएको शोहरुमा दर्शकको उपस्थिती राम्रो छ । शुक्रबार र शनिबार चलचित्रले राम्रो व्याापर गरेको छ ।’

नेपालबाटै लगानी सुरक्षित गरेर निर्माताको गोजीमा राम्रै रकम राखिदिएको यो चलचित्रविभिन्न देशमा प्रदर्शन भैरहेको छ ।  । चलचित्रको प्रदर्शनका लागि यसका नायक पल शाह र कलाकार शोभित बस्नेत थाइल्याण्ड पुगेका छन् । थाइल्याण्डमा शनिबार बेलुकी आयोजित शोमा दर्शकको चाप उच्च देखिएको छ ।

थाइल्याण्डबाट पलले भने-‘दर्शकले टिकट नपाएर फर्किनुपर्‍यो । दर्शकको उच्च चाप र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले निकै खुशी लागेको छ ।’
जापान, अष्ट्रेलिया, हङकङका विभिन्न शहरमा चलचित्र प्रदर्शन भैसकेको छ भने केही देशमा प्रदर्शन हुन बाँकी छ ।

पल शाह, पूजा शर्मा, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारले अभिनय गरेको लभस्टोरी चलचित्रमा सुदर्शन थापा र पूजा शर्माको लगानी छ । अर्जुन पोखरेलको संगीत र संजय लामाको छायांकनले पनि निकै तारिफ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment