Comments Add Comment

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कस्तो छ ?

डा. गोविन्द केसी । फाइल तस्वीर

१८ साउन, काठमाडाैं। सरकार र डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता दैनिक जसो भएपनि कुनै सहमति जुट्न सकेको छैन । सहमतिका लागि जति दिन लम्बिँदै गएको छ, शिक्षण अस्पतालमा अनसनरत डा. केसी त्यति ‘गल्दै’ गएका छन् ।

चिकित्सा शिक्षा विधेयक आफ्नो सुझावसहित पास गर्न पटक-पटक दिएको अल्टिमेटम सुनुवाई नभएपछि डा. केसीले साउन ९ गते सत्याग्रह थालेका थिए । ६१ वर्षीय केसीको यो ११ औं अनसन हो । उनले अनसन बस्न थालेको ५ वर्ष भइसक्यो ।

तर, सरकारले अनसन तोडाउन सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने गर्दा केसीले पछिल्लो एक वर्षमात्र चार पटक अनसन बसेका छन् । जसका कारण उनको स्वास्थ्य छिट्टै कमजोर हुने गरेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

बुधबार डा. केसी अनसन बसेको १० दिन पुगेको छ ।

अहिले कस्तो छ त उनको स्वास्थ्य ?

शिक्षण अस्पताल परिसरमा रहेको गशेणमान भवनको एउटा कोठामा डा. केसी सुतिरहेका हुन्छन् । अधिकांश समय उनी एक्लै हुन्छन् । उनको हेरचाहमा एक जना नर्स खटिएकी छन् भने एक जना कुरुवा पनि हुन्छ । तर, डाक्टर प्राय भेटिँदैनन् ।

डा. केसी आफ्नो अभियानको समर्थन जनाउँदै भेट्न आउनेहरुसँग कुराकानी गर्न सक्ने अवस्थामा छैनन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

शरीर कमजोर भएको छ भने जिउ दुख्ने तथा बेला-बेला मांसपेशीहरु फर्कने समस्या बढ्दो छ । उनको पिसाबमा समेत एसिटोन (Acetone) को मात्रा देखिएको छ । रगतमा चिनीको मात्रा कम हुनुका साथै शरीरमा क्याल्सियमको कमी न्यून भएको छ ।

उनको स्वास्थ्यमा कुनै पनि बेला गम्भीर समस्या उत्पन्न हुन सक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘डा. केसीमा देखिएको यो समस्या अघिल्ला दिनको तुलनामा बढी हो । यस्तै अवस्था रहिरहे उनको स्वास्थ्यमा कुनै पनि बेला जटिल समस्या आउन सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

मुटुको चालमा पटक-पटक समस्या

११ औं अनसनका क्रममा डा. केसीलाई ४ पटक भन्दा बढी भी.टी. अर्थात भेन्ट्रिकुलर टाचीअरेदमिया भइसकेको उनका सहयोगीहरुले बताएका छन् । ‘पछिल्ला अनसनहरुमा उनलाई यो समस्या अनसन बसेको १७/१८ दिनमा देखा पर्ने गरेकोमा हाल अनसन बसेको ४/५ दिनबाटै यो समस्या देखिन थालेको हो । त्यसबाहेक, पिसाबमा एसिटोन देखिएको छ’ उनका एक सहयोगीले भने ।

के हो भी.टी ?

चिकित्सकहरुका अनुसार मुटुको चाल अत्यधिक बढेमा वा कम भएमा मुटुले अचानक काम गर्न छोड्छ र मुटु बन्द हुने समस्या उत्पन्न हुन्छ । भी.टी अर्थात भेन्ट्रिकुलर टाची अरेदमिया भनेको मुटुको चाल बढी हुने समस्या हो । सामान्य अवस्थामा मानिसको मुट एक मिनेटमा ६० देखि १०० पटकसम्म धड्किने गर्छ ।

विभिन्न कारणले मुटुको चाल १०० भन्दा बढी भएमा वा ६० भन्दा कम भन्दा त्यसलाई असामान्य मुटुको चाल भन्ने गरिन्छ । सामान्य मुटुको चालका कारण मुटुको गति ६० भन्दा नबढेमा त्यसले शरीरमा रगत प्रवाह गर्न सक्दैन । जसले गर्दा मानिसलाई रिंगटा लाग्ने, रिंगटा लागेर बेहोस हुने, सास फेर्न समस्या हुने तथा यसकै कारण कहिलेकाहीँ ज्यानै जानेसम्मको समस्या उत्पन्न हुने गर्दछ । मुटुको चाल अधिक भएमा रिंगटा लाग्ने, बेहोस हुने तथा कहिलेकाहीँ ज्यानै जाने खतरा हुन्छ ।

डा. केसीको स्वास्थ्य रिपोर्ट

गते समय व्लडप्रेसर  (१२०/ ८०) तापक्रम (९६-९८ डिग्री सेल्सियस) पिल्सर्ट ( ७०-८०  प्रति मिनेट) स्वासप्रस्वास (१८-२०) कैफियत
१७

 

 

विहान ६ बजे ९०/६० ९३ ७४ २२ प्रति मिनेट  

 

 

विहान ७:१० बजे १०४/६२ ९८ ७७ २२
विहान ९:२० बजे ९०/६० ६० २४
१६

 

 

विहान  ८ बजे ११०/७० ९४ ६८ २० शारीरिक अवस्था कमजोर ।व्लडप्रेसर लो ।आवश्यक औषधि दिइरहेको । खासै गम्भीर समस्या छैन अक्सिजनलाई कोठाको तापक्रम अनुसार व्यवस्थित गरिएको छ ।

 

 

दिउँसो ३:१५ बजे १००/६० ९७-९८ ७२ २२
राति ९:२० बजे ९०/५० ९३ ७४ २८
१५

 

 

विहान ७:१५ बजे ९०/६० ९२ ६२ १६ शारीरिक अवस्था कमजोर । मुख्य संकेतहरु देखा परेको । पिसाबमा एसिटोन देखा परेको

 

 

दिउँसो ४ बजे ११०/७० ९८ ८६
बेलुकी १०:१५बजे ११०/६० ९५ ७० १२
१४

 

 

विहान ७:३० बजे १००/८० ९७ ८८ १८ शारीरिकका अवस्था कमजोर । व्लडप्रेसर लो । प्राफेरलाई आई भी डिपमा राखिएको । अक्सिनको मात्रा बढाएको

 

 

दिउँसो ४:४५ बजे १००/६० ९७ ९० २०
राति १०:३० बजे ९०/६० ९७ ७० २०
१३

 

 

बेलुकी १०:२० बजे १००/७० ९५ ८८ १६

 

 

१२ दिउँसो ४:३० बजे १०१/६४ ९३ ९४ २३ सास फेर्नेमा कठिनाई । मुटुको चाल अत्याधिक बढेको । इसीजी तथा इको गरिएको ।आईभी ड्रप (सलाईन) निरन्तर ।
साँझ ६:३० बजे १०६/६५ ९३ २३० २६
राति ८ बजे १०६/६५ ९५ ९४ २४

यस्तै पछिल्ला केहीदिन यता डा.केसीको पिसाबमा समेत एसिटोन मात्रा बढी देखिन थालेको छ । पिसाबमा एसिटोन देखिएमा शरीमा इनर्जीको कमी भयो भन्ने बुझिन्छ । त्यस्तै, ज्यान जोखिममा छ भन्ने बुझिन्छ । वरिष्ठ नेफ्रोलोजिष्ट डा. ऋषिराम काफ्लेका अनुसार शरीरमा एसिटोनको मात्रा तीन कारणले बढ्ने गर्छ ।

१. मधुमेह नियन्त्रण नभएमा
२. शरीरमा अत्याधिक मात्रामा पानीको कमी भएमा
३. शरीरमा संक्रमण भएमा
४. आवरण अनसन बसेमा

विशेषगरी मधुमेहका विरामीलाई एसिटोनको समस्या बढी देखिने गर्छ । यदि मधुमेहका विरामीमा एसिटोनको मात्रा बढी देखिए रगतमा चिनीको मात्रा नियन्त्रण नभएको संकेत गर्ने गर्छ । त्यसैगरी शरीरमा पानीको अत्याधिक कमी भएमा पनि एसिटोनको मात्रा बढ्छ । जसले गर्दा शरीरमा विभिन्न रोगहरुको संक्रमण हुने गर्छ ।

वरिष्ठ नेफ्रोलोजिष्ट डा. काफ्लेका अनुसार शरीरमा संक्रमण भएमा पनि पिसाबमा एसिटोनको मात्रा बढी देखिने गर्छ । यदि पिसाबमा एसिटोनको मात्रा बढी देखिएमा उक्त व्यक्तिको शरीरमा कुनै समस्या छ भनेर बुझ्नुपर्छ । उसको ज्यान जोखिममा भएको बुझ्नु पर्छ ।

लामो समयसम्मको आमरण अनसनले पनि शरीरमा एसिटोनको मात्रा बढ्ने गर्छ । शरीरमा एसिटोनको मात्रा बढी भएमा त्यसले शरीरमा शक्तिको कमी भएको दर्शाउने गर्छ । शरीरमा ग्लूकोज अवथा खाना वा शक्तिको कमी भएमा शरीर कमजोर हुनुका साथै उसको मुटु तथा दिमागले आवश्यक्ता अनुसार शक्ति प्राप्त गर्न सक्दैन । परिणाम स्वरुप मानिसको मुत्यु हुन सक्छ । शरीरमा एसिटोनको कमी नदिन पर्याप्त खाना तथा औषधि आवश्यक छ । त्यस्तै, मधुमेहका विरामीले रगतमा शरीरमा एसिटोनको मात्रा बढ्न नदिन मधुमेह नियन्त्रण गर्न निकै आवश्यक छ ।

डा. केसीको शरीरमा क्याल्सियमको कमी

डा. केसीको शरीरमा क्याल्सियमको समेत कमी हुन थालेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार शरीरमा क्याल्सियमको कमी भएमा शरीरका हड्डी कमजोर हुन थाल्छ ।

त्यस्तै खुट्टा बाउडिने, फर्कने लगायतको समस्या देखा पर्न थाल्छ । कहिलेकाँही मुटुले काम समेत गर्न छोड्छ र मानिसको मृत्यु समेत हुनसक्छ ।

किन यति छिट्टै गले डा. केसी ?

डा. केसीका तर्फबाट सरकारी वार्ता टोलीसित वार्तामा रहेका डा. वाई. पी. सिंहका अनुसार डा. केसीको स्वास्थ्य अवस्था यति छिट्टै जटिल हुनुको पछाडि धेरै कारण छन् । ‘एक त स्वास्थ्य परीक्षणमा नतिजा जहिले पनि एकैनासको हुँदैन । फेरि उमेरको पनि कुरा आउँछ,’ डा. सिंहले अनलाइनखबरसँग भने ।

त्यसबाहेक पटकपटकको अनसनले पनि उनको स्वास्थ्यमा जटिल समस्या उब्जँदै गएको डा. सिंह बताउँछन् । उनी भन्छन्, ‘कुनै व्यक्ति पटक-पटक अनसनमा बस्दा उसको शरीर तंग्रिन समय लाग्छ । त्यसमा पनि डा. केसीको हकमा यो कुरा अझ धेरै लागू हुन्छ ।’

उपचारमा संलग्न डा. दिव्या सिंहले पनि पटक-पटक अनसन बसेका कारण डा. केसीको स्वास्थ्यमा जटिल समस्या सिर्जना भइरहेको बताइन् । ‘व्लडप्रेसर कम हुनुका साथै हात खुट्टा बाँउडिने, जिउ दुख्ने तथा रिंगटा लाग्ने समस्या बढी छ । उनको शरीरमा क्याल्सियम, म्याग्नेसियम लगायतका तत्व पनि कम हुँदै गएको छ’, डा. सिंहले अनलाइनखबरलाई भनिन्, ‘डा. केसीको स्वास्थ्य कुनै पनि बेला जटिल हुनसक्छ ।’

डा. दिव्या सिंह डा. केसी अनसनमा बसेपछि उनको उपचारमा सघाउन गठित ७ सदस्यीय टोलीको एक सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment