Comments Add Comment

युटुबमा १ करोड पटक हेरिने पहिलो फिल्म बन्यो ‘छक्का पन्जा’


नेपाली फिल्मका गीतसंगीतले युटुबमा नयाँ नयाँ रेकर्ड बनाइरहेका छन् । चलचित्रका गीतले युटुबमा १ करोड भ्यूज पाउनु अब नौलो कुरा रहेन । अब, चलचित्रले पनि युटुबमा १ करोड भ्यूज पाउन थालेका छन् । गतबर्षको ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा’ले युटुबमा १ करोड भ्यूज पाएको छ । कुनै पनि नेपाली चलचित्र युटुबमा १ करोड पटक हेरिएको यो नै पहिलो हो ।

दीपाश्री निरौलाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रले नेपाली बक्स अफिसमा १६ करोड भन्दा बढीको ग्रस कलेक्शन गरेको थियो । हलमा ब्लकबस्टर भएको यो चलचित्र युटुबमा पनि हिट भएको छ । साढे ५२ हजार लाइक पाएको यो चलचित्रलाई युटुबमा ७ हजार भन्दा बढीले डिसलाइक गरेका छन् ।

यो चलचित्रको सिक्वेल ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारले ‘छक्का पन्जा’मा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment