Comments Add Comment

‘मलाई कट्रिना, श्रुती जस्ती भन्छन्’, अनमोल आएपछि फिल्म नगरि परिवर्तन भयोः श्रृष्टी


चलचित्र ‘ग्याङस्टार ब्लूज’मा समावेश ‘अबला’ बोलको आइटम गीतमा नृत्य गरेपछि श्रृष्टी कार्कीले चर्चा पाइरहेकी छिन् । स्पेनमा अध्ययन गरेर फर्किएपछि उनी यो चलचित्रका निर्देशक हेमराज बीसी र निर्माता सरोज न्यौपानेको अफरमा आइटम नृत्य गर्न अग्रसर भएकी थिइन् । भिडियोबाट आफूलाई मिश्रति प्रतिक्रिया मिलिरहेको श्रृष्टी बताउँछिन् ।
श्रृष्टीले अब आफूले आइटम नृत्य नगर्ने बताइन् । चलचित्रको नायिका नै बन्ने सोच राखेकी श्रृष्टी नेपाली चलचित्रमा आना शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह जस्ता नायिकालाई अबको स्टारको रुपमा देख्छिन् ।

श्रृष्टी आफूले अभिनयको कोर्स लिएपछि मात्र काम गर्ने बताउँछिन् । नायक अनमोल केसीको आगमन भएसँगै चलचित्र क्षेत्रमा यूवाहरुको आकर्षण बढेको उनी बताउँछिन् ।

श्रृष्टीका अनुसार, उनको अनुहार हेरेपछि धेरैले उनलाई बलिउड नायिका कट्रिना कैफ, श्रुती हसन, नेहा शर्मा जस्तो भनेका छन् । श्रृष्टी आफूलाई लभस्टोरी रोमान्टिक र प्रहरी अफिसर्सको भूमिका भएको चलचित्रबाट अफर आएको खण्डमा काम गर्न मन लागेको सुनाउँछिन् ।

श्रृष्टी आफूलाइ आशिरमान देशराज, अनमोल केसी र कर्मासँग काम गर्न मन लागेको सुनाउँछिन् । ५ बर्ष स्पेनमा बसेर अब आफूलाई पुगेको उनले सुनाइन् । नेपाली चलचित्रमा लागेर स्टार बन्ने सोच उनको छ ।

श्रृष्टीसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment