Comments Add Comment

सम्बन्ध विच्छेद बढ्नुमा परेवा दोषी

लोग्ने स्वास्नीमा मतभेद बढ्नु नै सम्बन्ध विच्छेदको कारक हो । तर इण्डोनेसियामा भने मान्छेका पति पत्नीबीच सम्बन्ध विच्छेद बढ्नुको दोष परेवालाई दिइएको छ ।

मध्य जाभा प्रान्तस्थित पूर्वालिंगा धार्मिक अदालतका अधिकारीका अनुसार उक्त अदालतमा जुलाई महिनामा मात्रै सम्बन्ध विच्छेदका ३० वटा मुद्दा दायर भए । जबकी जुन महिनामा १३ वटा मुद्दा दायर भएका थिए ।

सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नेमा अधिकांस महिला छन् । फिरादपत्रमा उल्लेख भए अनुसार उनीहरुले सम्बन्ध विच्छेद गर्न चाहनुको कारण आर्थिक समस्या नै हो । लोग्नेको लत परेवा उडाई खेलमा बस्दा समस्या उत्पन्न भएर जिवन नै चलाउन कठीन भएको पत्नीहरुको जिकिर छ ।

इण्डोनेसियामा परेवा उडाई अर्थात् पिजन रेस नै चर्चित छ । प्रतियोगिता जित्न सके आफ्नो परेवा हजारौँ रकममा बेच्न सकिने र मोटो रकम पुरस्कार पाइने लोभमा धेरै मानिसहरु आ आफ्ना परिवार लिएर परेवा उडाइमा लिप्त हुन्छन् ।

लोग्नेहरुले परिवारलाई समय दिनुको साटो पूरै दिन परेवासँगै बिताउन थालेपछि महिलाहरु दिक्क भएका छन् ।

पूर्वालिंगा क्षेत्रमा धेरै महिला कामकाजी छन् तर पुरुषहरु चाहीँ पाइलट छन् । उनीहरु कुनै जहाज उडाउने पाइलट होइन, परेवा उडाउने पाइलट ।

सुगा उडाइ खेलमा बाजी थाप्ने र रकम हार्ने हुनाले पनि परिवारमा आर्थिक संकट थप्ने गरेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment