Comments Add Comment

५ खतरनाक अनलाइन गेम्स, जसले तपाइँका बच्चाबच्चीको ज्यानै लिनसक्छन्

पछिल्लो समय एउटा अनलाइन गेम ब्लू व्हेलको भयानक ट्रेण्ड चलिरहेको छ । यो गेमका कारण अभिभावकहरु आफ्ना बच्चाबच्चीको सुरक्षालार्इ लिएर चिन्तित हुन थालेका छन् ।

यस्ता निरासावादी अनलाइन गेमको चपेटामा परेर कतिपय बच्चाबच्ची तथा किशोर किशोरीहरुले आफैंलाई नोक्सान पुर्‍याउने मात्र होइन आत्महत्या समेत गर्न थालेका छन् ।

यस्ता गेमहरु खेल्ने बच्चाहरु आफैलाई चोट पुर्‍याउने, आत्महत्या समेत गर्ने तथा आफ्ना अन्तरंग तस्वीरहरु अनलाइनमा शेयर गर्नेसम्म गर्दछन् । त्यसैले आफ्ना बच्चाबच्चीलाई सँगै बसाएर यस्ता खाले भयावह अनलाइन ट्रेण्डस्बाट बच्ने बारेमा अभिभावकहरुले सिकाउनु आवश्यक छ ।

आउनुहोस् यस्ता केही खतरनाक अनलाइन गेम्सको बारेमा जानौँ जसले तपाइँ हाम्रा बच्चाबच्चीको ज्यान नै जोखिममा पार्न सक्दछन् ः

१. ब्लू व्हेल च्यालेन्जः पछिल्लो दुई महिना यता यो गेमको विगविगी छ । यो गेम खेल्नेले ५० वटा यस्ता काम गर्नुपर्दछ जुन निकै खतरनाक हुन्छन् र आफैलाई नोक्सान पुग्ने सम्भावना हुन्छ । त्यसमा हरर फिल्म हेर्ने, मध्यरातमा सुतेको बेलामा उठ्ने आदिजस्ता काम गरेर त्यसको फोटो वा भिडियो पोष्ट गर्नुपर्दछ । जति जति टास्क पूरा हुँदै जान्छ, कठिनाइको लेभल पनि बढ्दछ र यसको अन्तिम च्यालेन्ज चाहीँ बलिदान दिनेसम्म हुन्छ । अहिलेसम्म यो गेमका कारण १ सय ३० जनाको ज्यान गैसकेको छ ।

२. द पासआउट च्यालेन्जः यसलाई चकिंग गेम पनि भनिन्छ । यो च्यालेन्जले टिनेजर्सहरुको बीचमा लोकपि्रयता हासिल गरिरहेको छ । ख्यालख्यालमै उनीहरु एक अर्काको गला थिच्दछन् । यो गेम यस्तो छ की बच्चाहरुले एक अर्काको गला यसरी थिच्नुपर्दछ जसका कारण उनीहरुको मस्तिष्कसम्म रगत पुग्न नपाओस् र बच्चा बेहोस् बनोस् । यो गेमका कारण अमेरिकामा मात्रै वर्षेनी अढाई सय देखि एक हजार सम्मको मृत्यु हुने गरेको बताइन्छ ।

३. द साल्ट एण्ड आइस च्यालेन्जः यसमा टिनेजर्सले सुरुमा आफ्नो छालामाथि नून राख्दछन् र त्यसमाथि बरफ राख्दछन् । नूनका कारण बरफको तापक्रम घटेर माइनस २६ डिग्री सेल्सियस सम्म पुग्दछ । जसका कारण चिसोले खतरनाक फ्रस्टबाइट भएर गम्भीर घाउ उत्पन्न गराउँदछ । अनि यसको भिडियो बनाएर अनलाइनमा पोष्ट गरिन्छ ।

४. द फायर च्यालेन्जः यो गेममा आफैले आफ्नै जिउमा आगो लगाइन्छ । पेटमा आगो उठाउने कुनै तरल पदार्थ खन्याएर आगो बाल्दछन् । यो टास्कको भिडियो बनाएर सोसल मिडियामा अपलोड गरिन्छ । न्यूयोर्कमा एक १५ वर्षे किशोर यहीँ गेम खेल्ने क्रममा जलेर मरेका थिए । त्यस्तै एक किशोरीले आफ्नो छातिमा रक्सी खन्याएर आगो लगाएको घटना पनि सार्वजनिक भएको थियो ।

५. द कटिंग च्यालेन्जः यो गेम यस्ता बच्चाहरुसँग खेलिन्छ जसलाई फकाउन सजिलो हुन्छ । यसरी आफ्नै जीउ आफैं काटिन्छ अनि घाउको तस्वीर खिचेर अनलाइनमा पोष्ट गरिन्छ । यसमा जति ठूलो घाउ बनाउन सक्यो उति नै ठूलो टास्क पूरा गरेको हुन्छ । यसो गर्नाले लोकप्रिय अनलाइन ग्रुपको सदस्य बन्न पाइने र आफ्नो नाम चल्ने लोभमा किशोर किशोरीहरुले आफैलार्इ हानी गर्ने यस्तो काम गरिरहेका हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment