शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

यस्तो रहेछ नितम्ब ठूलो हुनुको अर्थ

अनलाइनखबर

महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् ।

वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।

सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।

तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।

विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ ।

किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको खतरा बढ्दछ ।

बीबीसी

२०७४ साउन २१ गते १२:३८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • kalu kalu लेख्नुहुन्छ    |   २०७४ साउन २५ गते १५:४३

    जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this