Comments Add Comment

राप्रपा फुटाएका पशुपति शम्शेरको पक्षमा को-को ? (नामावलीसहित)

१९ सांसदको नामावली संसद सचिवालयमा

२२ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर नयाँ पार्टी खोलेका पशुपति शम्शेर राणाले झण्डै पाँच दर्जन नेताको हस्ताक्षर सहितको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । नयाँ दल दर्ता प्रयोजनका लागि राणाले पार्टी पदाधिकारी, सांसद र केन्द्रीय सदस्यहरुको नामावली बुझाएका हुन् ।

राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिइएको छ ।

राप्रपाबाट अलग भएका पशुपति शमशेर राणाले संसद सचिवालयमा पार्टी बिभाजन भएको जानकारी पनि गराएका छन् । उनले आफ्नो पक्षमा २२ जना सांसदहरु रहेको दाबी गरे पनि संसद सचिवालयमा बुझाइएको नामावलीमा १९ जनाको नाम छ ।

सांसदहरु दिपक बोहरा, सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, रेशमबहादुर लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, रमेश कुमार लामाको राणाको पक्षमा छन् ।

यसैगरी सइन्द्र वान्तवा, गिता सिंह, बबिना मोक्तान, धानो महरा, सिता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मी देबी शाह, इस्तियाक अहमद खाँ, सरोज शर्मा, कमला देबी शर्मा, आनन्दी पन्त पनि राणा पक्षमा लागेका छन् ।

राप्रपासँग कुल ३७ सांसद थिए ।

यद्यपी राप्रपा अध्यक्ष कमल थापाले राणाले आफ्नो पक्षमा भएको भनेर दाबी गरेकाहरुको नामावलीका हस्ताक्षरहरु फर्जी भएको दाबी गर्दै आएका छन् ।

हेर्नुहोस् नामावली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment