Comments Add Comment

हिरोसीमा सम्झिदैं नेपाल र भारतका कलाकारहरुले गरे सिर्जना

२३ साउन, काठमाडौ । नेपाल र भारतका २५ जना कलाकारहरु ‘हिरोसीमा पीस मेमोरियल डे’ को अवसरमा ‘हिरोसीमा पीस मेमोरियल आर्ट क्याम्प २०१७’ मा सहभागी भएका छन् ।

विश्वमा आणविक हातहतियारको प्रतिबन्ध र शान्तिको कामना गर्दै उनीहरु यो क्याम्पमा सहभागी भएका हुन् ।

प्रत्येक वर्ष अगष्ट ६ तारिखका दिन स्मरण गरिने ‘हिरोसीमा पीस मेमोरियल डे’ यो वर्ष ‘बसुधैैव कुटुम्बकम’को नारासहित लुम्बिनी वर्ल्ड पीस फोरमको आयोजनामा भएको छ ।

विश्व शान्ति झल्काउने गरी आर्ट क्याम्पको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा कवि विप्लव प्रतिकले कविता बाचन गरेका थिए ।

हरेक वर्ष बुद्ध जयन्तीका दिन लुम्बिनीमा लुम्बिनी आर्ट क्याम्प, लुम्बिनी विश्वशान्ति प्रदर्शनी, सद्भाव वर्ष, सद्भावका लागि   क्रिकेट, लुम्बिनी शान्ति सम्मेलन जस्ता कार्यक्रमहरु गर्दै आएको लुम्बिनी वर्ल्ड पीस फोरमले यस वर्षदेखि प्रत्येक वर्ष अगष्ट ६ तारिखका दिन ‘हिरोसीमा पीस मेमोरियल आर्ट क्याम्प’ गर्न लागेको हो ।

यस वर्ष आर्ट क्याम्पमा भारत,फ्रान्स र नेपालका कलाकारहरुले भाग लिएका थिए ।

कार्यक्रम प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment