Comments Add Comment

अब क्यामराबाटै सिधै फेसबुक लाइभ


सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ ।

अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो ।

नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्यामरा स्क्रिनबाट सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् र लाइभ गर्न सक्नेछन् । फेसबुकले यसअघि लाइभ अडियो र जिआइएफका लागि फिचर ल्याइसकेको छ ।

समाचार अनुसार फेसबुकको नयाँ पाइलट भर्सनसँग यो फिचर आउनेछ । अहिले यो भर्सन प्रयोगकर्ताका लागि उपलब्ध छैन ।

यसअघि सन् २०१५ मा फेसबुकले सेलिब्रेटीहरुका लागि लाइभ भिडियो फिचर सुरु गरेको थियो । पछि त्यसलाई एन्ड्रोइड र आइओएसमा पनि सुरु गरियो र अन्ततः डेक्सटपमा पनि फेसबुकले लाइभ फिचर थप गर्यो ।

नयाँ फिचरसँगै प्रयोगकर्ताले आफ्नो कुनै फेसबुक स्टोरीको साथमा पनि लाइभ गर्न सक्दछन् । त्यसका अलावा भिडियोलाई लाइभ र स्टोरी दुबै प्रकारले शेयर गर्ने विकल्प रहन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment