Comments Add Comment

झापा पुगेर झलनाथले भने – भरतपुरमा लोकतन्त्रले हार्‍यो

२३ साउन, झापा । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरमा लोकतन्त्रले हारेको टिप्पणी गरेका छन् ।

सिङ्गो राज्यसत्ता लागेर माओवादी-कांग्रेसको गठबन्धनलाई जिताएको भन्दै उनले यसपटक भरतपुरमा लोकतन्त्रले हारेको बताएका हुन् ।

गृह जिल्ला इलाम जाने क्रममा सोमबार झापाको बिर्तामोडमा प्रेस चौतारीले गरेको साक्षात्कारमा बोल्दै नेता खनालले भने, ‘मतपत्र च्यातेर दोहोरो निर्वाचन गराउनु नै षड्यन्त्र हो । यसपटक त्यहाँ लोकतन्त्रले हारेको छ ।’

‘लोकतन्त्रले हारे पनि नेपाली जनताले हारेका छैनन्’, खनालले थपे, ‘एमाले लोकतन्त्रको रक्षार्थ सधैँ तल्लीन रहन्छ ।’ भरतपुरको वडा नं. १९ मा यसअघि नै आफूहरुले जितिसकेको भन्दै उनले मतपत्र च्यातेर जनतालाई खल्बल्याउने काम भएको बताए ।

साथै, त्यहाँ स्थानीय निर्वाचनको मौन अवधीमा पनि ११ वटा गाडी चलाइएको उनले दावी गरे । ‘दुई वटा गाडीलाई मात्र पास दिइँदा पनि ११ वटा गाडी चलाइए’, उनले भने ।

सर्वोच्च अदालतको पुनः मतदान हुनु पर्ने निर्णयप्रति लक्षित गर्दै उनले अपराध गर्नेलाई प्रोत्साहन मिलेको बताए । ‘अदालतको निर्णय दुर्भाग्यपूर्ण हो’, उनले थपे ।

त्यस्तै नेता खनालले तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment