Comments Add Comment

नयाँ फिचरसहित सामसुङ ग्यालेक्सी जे ७-म्याक्स नेपालमा

२३ साउन, काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७-म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई जे ७- म्याक्सका रुपमा प्रस्तुत गरिएको छ ।

यसमा नवीनतम विशेषताहरु  फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी र्‍याम तथा ३२ जिबी मेमोरी तथा अन्य उत्कृष्ट विशेषता छन् ।

आइएमबिज, सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने ‘मध्यमस्तरको स्मार्ट फोन बजारमा सामसुङ जे सिरिजले अग्रता लिँदै आएको छ, सामसुङ कम्पनीले आम उपभोक्ताहरुको मागलाई राम्ररी बुझ्छ । त्यसैले हामीले सहज जीवनको लागि सार्थक आविष्कारहरु गर्दै आएका छौं । मध्यम स्तरका मोबाइलहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी जे७-म्याक्स मोबाइल बजारमा ल्याएका हौं ।’

यसमा सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्‍यामतथा ३२ जिबी रोम मेमोरी तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्ट ग्लो र एडप्टिभ वाइफाई लगायत सुविधाहरु छन् ।

कम उज्ज्यालोमा पनि उत्कृष्ट फोटो 

जे७-म्याक्समा १३ एमपीको फ्रन्ट क्यामरा र फ्ल्यास रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ भने ब्याक क्यामरा मा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि रहेको छ ।

यस्तो विशेष सुविधा यसअघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहँदै आएको थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थामा पनि उत्कृष्ट फोटो तथा सेल्फी खिच्न सक्दछ ।

उत्कृष्ट कार्यक्षमता

जे७-म्याक्समा भएको १.६ गिगाहर्ज ओक्टाकोर प्रोशेसर, ४ जीबी र्‍याम,ले निर्वादरुपमा मल्टि टास्किङको सुविधा प्रदान गर्छ । यसमा भएको ब्याटि्रले विना रुकावट निरन्तर कार्य गर्दछ ।

ज्यादा टिकाउ हुने ब्याटि्रले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको छ ।

ठूलो  स्क्रीन र सुधारिएको सुरक्षा

जे७-म्याक्समा एफएचडी स्क्रीन रहेको छ जसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर पि्रन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाण्ीाकरण सुरक्षा छन् ।

युटिलिटी एवम् सर्भिसेज

यसमा भएको एडप्टिभ वाईफाई रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेन्जबाहिर रहदाँ आफै निष्कृय हुन्छ । यो विशेषताले गर्दा मोबाइल डाटा बचत हुन जान्छ ।

यसमा भएको अद्वितीय विशेषता जस्तै ः स्मार्ट ग्लो जसले कलरफुल नोटिफिकेशन दिन्छ, ग्राहकले आफ्नो छनौट अनुसासर स्मार्ट ग्लोलाई छनौट गर्न गर्नसक्छन् । स्माइल एसिस्ट, स्नूपिङ अलर्ट, मिरर सेल्फी जस्ता सुविधाले थप सहजता प्रदान गर्छन ।

जे७-म्याक्स मोबाइलमा भएको डुअल म्यासेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिन्छ र दुई भिन्न भिन्न एकाउन्टबाट लगइन गरी च्याट गर्न पनि सकिन्छ ।

अर्को सुविधा भनेको इन्स्टा स्विचिङ हो, यो नयाँ सुविधाले एप्स र होम स्क्रीनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ ।

हालको अफर अन्तर्गत जे७ म्याक्स सेट मात्र २८ हजार २९० मा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जे ७ म्याक्स मोबाइल अगष्ट रिटेल स्टोरमार्फत् उपलब्ध हुँदै आएका छन् ।

नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, जे ७ म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ । निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment