बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

रेड हट सुरविना

अनलाइनखबर


उसो त नायिका सुरविना कार्कीको चलचित्र करिअर खासै गतिलो चलेको छैन । ‘झेली’ डेब्यू नायिकाले मुम्बइ पुगेर बलिउडका चर्चित कलाकार अनुप खेरको स्टूडियोबाट अभिनयको ३ महिने कोर्स पनि पुरा गरिन् । अनुपम खेरसँग अभिनय सिकेपछि करिअरमा नै उतारचढाव आउने सोच उनको थियो । तर, नेपाल आएको केही महिना भैसक्दा पनि उनको करिअरमा कुनै गती आएको छैन ।

सोमबार काठमाण्डौमा आयोजित एक अवार्ड समारोहमा पुगेकी नायिकाले एउटा राम्रो चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरिन् । राम्रो चलचित्रको अफर गर्ने निर्देशकको प्रतिक्षामा उनी देखिएकी छिन् । आफूले सोचेजस्तो चलचित्रमा काम गर्न नपाएपछि धेरै नायिकाले आफै चलचित्र निर्माण गरिरहेका छन् । सुरविनाको दिमागमा पनि एउटा राम्रो चलचित्र बनाउने सोच पलाउन थालेको छ ।

रातो गाउनमा कार्यक्रममा पुगेकी उनले आफू फिट रहन दैनिक जीम पनि गैरहेको बताइन् । तौल घटाएकी सुरविनाको करिअर भने बढ्न सकेको छैन ।

तस्बिरः कमल प्रसाइ 

२०७४ साउन २४ गते १६:०२ मा प्रकाशित (२०७४ साउन २५ गते १४:०८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ साउन २४ गते १६:४७

    BAG pani Rato ,Jhumka NI Rato Bhako Bhaya ajha ramro dekhinthyo sathai luga ni middle side ma feet na bhaya jasto lagyo anyway body figure and face is very very beautiful and charm also lokking sexy….

    5
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this