Comments Add Comment

सामसुङले दर्ता गर्छ दैनिक १९ पेटेन्ट, आइबिएम सबैभन्दा अगाडि

दक्षिण कोरियाली कम्पनी सामसुङ बौद्धिक सम्पत्ति अधिकार अर्थात् पेटेन्टमा निकै चनाखो बन्न थालेको छ ।

आफ्ना स्मार्टफोनका विभिन्न पाटपुर्जा तथा फिचरहरुका विषयमा एप्पललगायतका कम्पनीले पेटेन्ट चोरी गरेको भनी मुद्दा हालेर मोटो रकम जरिवाना तिर्नु परेपछि सामसुङले पछिल्लो समयमा आफ्ना सिर्जनाको पेटेन्ट अधिकार दर्तालाई निकै तीव्र बनाएको छ । ता कि आफ्ना आविष्कार तथा सिर्जना र उत्पादनलाई भविष्यमा कसैले पनि चोरीको बात लगाउन नसकून् ।

सामसुङको यो तदाकरुकता एक तथ्यांकले पनि पुष्टि गर्दछ । यो वर्षको सुरुको सात महिनामा मात्र सामसुङले अमेरिकामा हरेक दिन १९ वटाको दरले पेटेन्ट दर्ता गरेको छ ।

अमेरिकी अनलाइन जर्नल क्वार्जलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्ह्यापले जनाए अनुसार यो वर्ष जनवरीदेखि अगष्ट १ सम्ममा सामसुङले अमेरिकामा मात्रै ४ हजार १४३ वटा पेटेन्ट दर्ता गरेको छ । यो भनेको दैनिक १९.५ वटा हो ।

जबकि यस अवधिमा आइबिएमले सबैभन्दा धेरै अर्थात् ५ हजार ७९७ वटा पेटेन्ट दर्ता गरेको छ ।

त्यस्तै इन्टेल कर्पोरेसनले २ हजार ६४ वटा, गुगलले १७ सय ७५ वटा र माइक्रोसफ्टले १६ सय ७३ वटा पेटेन्ट दर्ता गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment