Comments Add Comment

सिड्नीमा सम्पूर्ण गजल कार्यक्रम ‘ गजल मुशायरा-२०१७ ‘ हुने

९ अगस्ट,  सिड्नी । कार्यक्रम सञ्चालक स्टेजमा आउँछन् । कार्यक्रमको बारेमा जानकारीसहित उपस्थित सबैलाई अभिवादन गर्छन् । त्यसपछि पहिलो गजल सर्जकलाई आफ्नो प्रस्तुतिको लागि स्टेजमा निम्त्याउँछन् । उनको गजल वाचनमा श्रोताहरूको ‘वाह वाह’ र तालीले हल गुञ्जाएमान हुन्छ ।

यो क्रम अन्तिम सर्जकसम्म चलिरहन्छ । गजल वाचनकै क्रममा केही नृत्यहरू पनि प्रस्तुत गरिन्छन् जसमा दर्शकहरू मज्जाले झुम्छन् । अन्त्यमा सञ्चालकले स्टेज आशिष श्रेष्ठ र टिमलाई हस्तान्तरण गर्छन् लाईभ गजल गायनको लागि । आशिषको गायकीले मन्त्रमुग्ध बनेका श्रोताहरू स्वतस्स्फूर्त रूपमा नाच्न अघि बढ्छन् ।

यो दृश्य हो विगतका गजल मुशायरा का श्रृंखलाहरूको जहाँ श्रोता र दर्शकहरूले दिक्क मान्ने कारण भेटाउँदैनन् र पूरै समय गजलीय आनन्द ग्रहण गर्छन् ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सिड्नीमा मोती जयन्तीको अवसरमा चर्चित सम्पूर्ण गजल कार्यक्रम ‘गजल मुशायरा’को चौथो शृंखला ‘गजल मुशायरा’-२०१७ को आयोजना गरिएको छ ।

मुशायरा परिवारद्वारा आयोजित यस कार्यक्रम आगामी सेप्टेम्बर ३, आइतबारका दिन दिउँसो १२ बजेदेखि एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा हुन गैरहेको छ ।

गजलको एउटा सम्पूर्ण कार्यक्रम भएकाले उक्त कार्यक्रम मा १२ जना गजलकारहरुको गजल वाचन, चर्चित गायक आशिष श्रेष्ठको गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ ।

गजल वाचनमा यस पटक सिड्नीका गजलकारहरु लगायत सिड्नी बाहिर बि्रसबेन, एडिलेड, तास्मानिया, क्यान्बेरा, अल्बेरी, मेल्बर्न लगायतका शहरबाट समेत गजल वाचनका लागि गजलकारहरु आउने कार्यक्रमका संयोजक जितेन्ऽ मल्लले जानकारी दिए ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नी साहित्य वृत्तले गजल मुशायरा आयोजना गर्दै आइरहेको छ । गजल मुशायरा गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकपि्रय कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment