Comments Add Comment

कोरियाली आकासमा अमेरिकी बमवर्षक विमान, जापानमा हाई अलर्ट


२५ साउन, काठमाडौं । जापान सरकारले छिमेकी देश उत्तर कोरियाप्रति आक्रामक शैलीलाई मध्यनजर गर्दै देशमा हाई अलर्ट घोषणा गरेको छ ।

उत्तर कोरियाले भनेको छ कि अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा मिसाइल आक्रमण गर्ने विचार गरिरहेको छ । जापानी सरकारी न्यूज एजेन्सी क्योदोका अनुसार रक्षामन्त्री इत्सुनोरीले भनेका छन्, ‘उत्तर कोरियाबाट आइरहेको खतरा यो हदसम्म पुगेको छ कि अब हामी होसियार हुनुपर्छ ।’

जापान सरकारले हालै जारी गरेको सुरक्षा सम्वन्धी श्वेतपत्रमा उत्तर कोरियासँग छोटो परमाणु हतियार रहेको र त्यसमा लामो दुरीको मिसाइल फिट गर्न सक्ने स्वीकार गरिएको छ ।

दक्षिण कोरियाका एक सैन्य अधिकारीका अनुसार गत साता अमेरिकी बमबर्षक जहाज बी १ लेन्सर्सले दक्षिण कोरियाको आकासमा उडान भरेको थियो ।

उनका अनुसार यो विमान अमेरिका-दक्षिण कोरियाको संयुक्त वायुसेना अभ्यास अन्तरगत कोरियाली प्रयद्वीपमा तैनाथ थियो । यो बमबर्षक विमान अमेरिकाको ग्वाम द्वीपबाट उडेर आएको मानिएको छ ।

– बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment