Comments Add Comment

प्रभु बैंकमा हज यात्रुलाई डलर र साउदी रियाल सटही सुविधा

२५ साउन, काठमाडौं । मुस्लीम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिना जाने हजयात्रीहरुका लागि प्रभु बैंक लिमिटेडले डलर र साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ ।

सटही सुविधा साउन २५ गते बुधबारदेखि १० दिनसम्म काठमाडौंको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले पाउन सक्नेछन् ।

०७४ सालको हजयात्राका लागि जाने १ हजार २५० जना नेपाली हजयात्रीहरुलाई गृह मन्त्रालयबाट स्वीकृति लिएर प्रति हजयात्री १ हजार ७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको प्रभु बैंकले जनाएको छ ।

प्रभु बैंकले उपलब्ध गराएको डलर र साउदी रियाल सटही सुविधा लगायत बैंकद्वारा उपलब्ध गराइएका अन्य सेवाबाट हजयात्रीहरुले अधिकतम लाभ लिएको बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment