Comments Add Comment

मन्दिर र सामुदायिक भवन बनाउन न्युयोर्कमा श्रीमदभागवत

१० अगस्ट, अमेरिका । अमेरिकाकामा सक्रिय सामाजिक संस्था रिजउड नेपाली समाजले श्रीमदभागवत महापुराण आयोजना  गर्ने भएको छ । समाजले आगामी अगस्ट २३ देखि २९ सम्म श्रीमदभागवत महापुराण गर्ने भएको हो ।

संस्थाले अमेरिकामा दिनानुदिन बढ्दै गएको नेपालीहरुको प्रवेश र अमेरिकामा जन्मे–हुर्केका बालबालिकालाई सांस्कृतिक केन्द्रका माध्यमद्वारा नेपाली पहिचान र संस्कार सिकाउने उद्देश्यले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको सोच अघि सारेको जनाएको छ ।

श्रीमदभागवत महापुराण वाचन दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा हुनेछ ।  समाजले यसको तयारीका लागि १००८ मूल समारोह समिती गठन गर्ने तयारी गरेको छ ।

आयोजकले मन्दिर र भवन निर्माणका लागि करिब १० लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ ।

रिजउड नेपाली समाज सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरराजनीीतक संस्था हो । यो नेपाल र नेपालीको धर्म, कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्य बोकेर सन् २००३ मा स्थापना भएको थियो । संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी करिब ५००० वर्ग क्षेत्रफल भएको आफ्नै स्वामित्वमा रिजउडमा जग्गा मा खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment