बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

यी हुन् दुनियाकै खतरनाक जलाशय, जहाँको पानी छुँदैमा ज्यान जानसक्छ

अनलाइनखबर

The Boiling Lake, Dominica

पृथ्वीमा कैयन सुन्दर नदी तथा ताल–तलाउहरु छन् । कतिपय यस्ता खतरनाक पनि छन् जसको पानी छुँदैमा पनि ज्यानकै खतरा हुन्छ । यस्ता केही खतरनाक जलाशय यसप्रकार छन्ः

The Boiling Lake, Dominica:  क्यारेबियन देश डोमिनिकामा एक ताल छ, जुन निकै खतरनाक छ । पानी उम्लिने ताल भनिन्छ यसलाई । यहाँको पानीको तापक्रम १९४ डिग्री फरेनहाइट छ । यति तातो पानीमा त छुँदा समेत जिउको छाला खुइलिन्छ र मान्छे खस्यो भने त त्यहीँ पाकेर मर्ने पक्का छ ।

Rio Tinto Lake, Spain:  टाढाबाट हेर्दा निकै सुन्दर देखिने यो ताल वास्तवमा खतरनाक छ । यो पानीमा अत्यधिक मात्रामा अम्ल रहेको छ । यो पानीको तापक्रम समेत मंगल ग्रहको जत्तिकै भएको भनी नासाका वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।

Lake Natron, Tanzania: गुलाबी तालको नामले चिनिने यो तालमा अत्यधिक मात्रामा लवण तथा सोडाको मिश्रण रहेको छ । साथै यो तालको पानी निकै तातो छ । यसको तापक्रम १४० डिग्री फरेनहाइट रहेको छ ।

Lake Natron, Tanzania:

The Berkeley Pit, Montana

The Berkeley Pit, Montana: यो दहको पानीमा अम्लका साथै अन्य विभिन्न रसायनहरु रहेका छन् । धेरै समय पहिले मानिसहरु उक्त तालमा घुम्न जान्थे । तर समयक्रमसँगै त्यहाँको पानी अम्लिय तथा रसायनयुक्त भएर खराब बनेसँगै मानिसहरु जान छाडे ।

MONO LAKE, CALIFORNIA

MONO LAKE, CALIFORNIA मोनो तालको पानीमा नुन तथा सोडाको मात्रा अत्यधिक रहेको छ । यो पानी देख्दा त निकै सफा तथा कडा पनि छ । तर यो तालको पानीमा कार्बोनेटको मात्रा उच्च छ र अत्यधिक क्षारिय छ । यो पानीमा जिउ डुबाउँदा पोल्छ भने पानी खाएमा ज्यानै जानसक्छ ।

Lake Nyos, Cameroon

Lake Nyos, Cameroon :  यो ज्वालामुखी ताल हो । यो पानीमा कार्बनडाइअक्साइडको मात्रा निकै उच्च रहेको छ । सन् १९८६ मा यो ताल आसपासको क्षेत्रमा भयानक घटना घटेको थियो । तालको छेउँछाउँमा रातमा पाल टाँगेर सुतेका १७ सय जना मानिसहरुको मृत्यु भएको थियो । सबैको मृत्यु तालबाट आउने विषाक्त ग्यास नै भएको बताइन्छ ।

Citarum River, Indonesia

Citarum River, Indonesia :  यो विश्वको सबैभन्दा प्रदुषित नदी पनि हो । यसमा सिसा, क्याडमियम, क्रोमियम जस्ता हानिसकारक तत्वहरुकासाथै विभिन्न खालका किटनासक औषधि समेत मिसिएको छ । यो नदीको पानी निकै खतरनाक रहेको छ ।

Lake Karachay, Russia

Lake Karachay, Russia:  यो रुसको सबैभन्दा प्रदुषित ठाउँ पनि हो । यो तालको पानीमा विकिरणयुक्त पदार्थहरु अत्यधिक पाइने भएकाले निकै खतरनाक रहेको छ ।

Rio Tinto Lake, Spain

एजेन्सीको सहयोगमा

 

२०७४ साउन २६ गते ११:३५ मा प्रकाशित (२०७४ साउन २७ गते १२:४१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १२:४६

    194 °F = 88 °C
    How about our Bagmati River???

    27
    1
    Share

  • rohit deuja लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते ८:२२

    please any body to give conatamination level of all the rivers and streams of ktm valley.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this