बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

चिकित्सा शिक्षा विधेयक कार्यदलबाट पास, उपत्यकामै ५ मेडिकल कलेजले सम्बन्धन पाउने !

अनलाइनखबर

२६ साउन, काठमाडौं । संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले मनमोहन, बीएन्डसी मेडिकल लगायतका कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।

कार्यदलले पास गरेको विधेयक संसदीय समितिको पूर्ण बैठकमा पेश गरिएको छ । विधेयकमाथि भोलि बिहान बस्ने समितिको बैठकमा छलफल हुने छ ।

स्रोतका अनुसार कार्यदलले सरकारले ल्याएको विधेयकको दफा १३ मा संशोधन गरेको छ र, आशयपत्र प्राप्त गरी सम्वन्धित निकायले तोकेको पूर्वाधार भएको र निरीक्षण अनुगमन भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गरेको छ ।

१९ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले आशयपत्र नविकरण नगर्ने व्यवस्था गर्न माग गरेका थिए । तर, संसदीय समितिमा सम्बन्धन दिनुपर्छ भन्ने सांसदहरु बढी भएपछि डा. भगवान कोइराला लगायतले आशयपत्र लिइसकेका हकमा सरकारले क्षतिपूर्ति दिने वा चिकित्सा शिक्षा आयोगले तोकेका पूर्वाधार भए सम्वन्धन दिन सकिन मध्यमार्गी बाटो सुझाएका थिए ।

कार्यदलले भने सम्वन्धित निकायले तोकेको पूर्वाधार भएकालाई सम्बन्धन दिन सकिने भनेको छ । यो संशोधन हुबहु पाए भएमा मनमोहन मात्र होइन, उपत्यकामै ५ र झापामा एक मेडिकल कलेज खुल्नेछ ।

यो विधेयक लागू भएपछि उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा भने कायमै राखिएको छ ।

२०७४ साउन २६ गते १९:३० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १५:३१

    जनता कांग्रेसीकरण भएछन,

    जनता एमालेकारण भएछन,

    जनता माओबादी भएछन,

    तिनले जस्तै अपराध गरेपनि,

    आफ्ना नेता र दललाई माया गर्न छाडेनन्,

    हो जनता,

    केवल ‘जनता’ मात्र हुनुपर्छ,

    अनि पो डा.केसीको,

    सत्याग्रहमा सफलहुन्छ l

    61
    3
    Share

  • janata लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १५:४८

    shavasad nai kukur bhaye pachhi desh bigrene nai bhayo . bhayeka niji medical college nai kharej garnu parne ma jhan thapne kam garne bhaye ..thukka sansad , thukka shavasad.

    24
    2
    Share

  • ramjit lohar लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १६:०२

    sabai samsad Medical Mafia Bhayeko Desh ma Govinda KC ko anasan ko k artha? ranju jha ko interview BBC ma suneko thiye, report lekhne mood ma choo bhanthin lekhichhin…mood ma choo bhannu ko matlab no sense of responsibility…

    11
    2
    Share

  • nagen लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १६:२७

    Lu aba chahi dighakalin rup ma A Ma Le ra Maobadi lai kharcha ko kami nahune vayechha.

    7
    2
    Share

  • Dr.Roshan लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १७:०१

    संसद्को यो निर्णय हामीलाई अस्वीकार्य छ…हामीले यसको बिरोधमा अब सरबोच अदालत जानुपर्छ…..हेर साथी हो हामीले आब वकिल खोजेर अदालत जानुपर्छ /

    29
    6
    Share

  • ram nepali लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १७:४३

    ha ha ha ha …..diu jibre dr vanaundo koirala ! post khaana napaye paxi chhatpat hune inko ghin laagdo charitra,jaha pani thikka dikhauti dhwedh charitra….thuikka laajko pasaro!!!!!

    7
    4
    Share

  • Dr.rohan लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते २१:३३

    हेपाइको हद………..डा. केसीको निष्ठाको लडाइँ सफल पार्न जनस्तरबाट पनि व्यापक खबरदारी आवश्यक छ। संशोधित विधेयक तत्काल रोकिनुपर्छ। डा. केसीका माग पूरा गर्नका लागि सरकारसँग आरामदायी बहुमत छ। केसीको माग बेवास्ता गरिरहेको प्रमुख प्रतिपक्षी एमालेलाई देखाएर सरकार पन्छन मिल्दैन।

    9
    0
    Share

  • krantiveer Nepali लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते ३:२६

    पास गर्ने कार्यदलमा चिकित्सा क्षेत्रकै शेयरहोल्डर भएपछि कार्यदलमा कसले रोक्ने वा विरोध गर्ने त्यो विधेयकमा । नेपाल माफियाबाट चलेको छ भन्न के हामी बाध्य हुने अब ?

    8
    0
    Share

  • महेस लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते ७:२९

    गोविन्द केसिका सबै माग सहि छ्न ।येस्मा थप्नुपर्नेमा बिगतम भारत लगायत देशहरु बाट पनि बिध्यार्थी मेडिकल पढन आउने गरेको र नेपाल मेडिकल शिक्षा को हब बन्दै गरेको अबस्था थियो । अहिले त्यो किन हुन सकिरखेको छैन । देशबाट हजारौं बिध्यार्थि मेडिकल पढन बिदेश गै अरबौ रकम बिदेश जाने गरेको छ । उनिहरुले नेपालमै पढछु भन्दा पढन पाउने कि नपाउने। भयेको मेडिकल सिक्षा कोटा पनि घटाउने र नया मेडिकल कलेज पनि खोल्न नदिने हो भने नेपालमा जसरी रोगिको संख्या बडेको छ त्येस्को लागि बिदेशबाट अर्थात भारतमा काम नपायेका झोला छाप डाक्टरले नेपाली को उपचार गर्नुपर्ने हुन्छ । नेपालमा भयेका सिमित डक्टरहरुको एकाधिकार भै स्वाथ्य सेवा सामान्य नागरिकको पहुछ भन्दा बहिर जान्छ । भारत आफैले पनि हालको डाक्टरको संख्या आगामी ५ बर्षमा डबल गर्दै छ । येस्को लागि कैयौ मेडिकल कलेज खोल्दै छ । हामिले निर्णय गर्दा तत्कालिन मात्र होइन दिर्घकालिन सोच राखेर गर्नु पर्छ ।जहाँ सम्म निजिक्षेत्रले गर्न नपाउने सबाल छ । यो एकदम गलत हो । अरबौ लगानी गरेका ले बेइमानी गरेर गुणस्तर बिगार्दैन बरु सरकारी ले आफना मानिस भर्तिकेन्द्र बनायेर गुणस्तर बिगार्न सक्छ्न । बेथिती जतासुकै छ तर नेपालको मेडिकल शिक्षा बङलादेश चीन भारतको भन्दा राम्रो र सस्तो छ । येस्मा कालो नजर नलागोस ।

    4
    6
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २१:५०

    Jata tatai bepar, vrastachar, kamisan uuffff…

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this