Comments Add Comment

नेपाल आयो टिभीएसको ‘स्ट्राइकर-१२५’ बाइक


२६ साउन, काठमाडौं । टिभीएसले आफ्नो नयाँ मोटरसाइकलमा ‘स्ट्राइकर-१२५’ सार्वजनिक गरेको छ । आज बिहीबार काठमाडौंको नक्सालस्थित आफ्नो शो-रुममा एक समारोहकाबीच बाइक सार्वजनिक गरिएको हो ।

टिभीएसका ब्राण्ड एम्बासडर सुपरस्टार निखिल उप्रेतिसहित जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल आग्रवाल, भाइस प्रेसिडेन्ट दिलिप अग्रवाल लगायतले संयुक्त रुपमा नयाँ मोटरसाइकलको अनावरण गरे ।

टिभभीएसले यसलाई ‘स्ट्राइकर माइलेज, स्टाइल र कम्फोर्ट’ र ‘सुपर भन्दा एक्ट्रा सुपर’ थीममा प्रवर्दन गर्नेछ । यसमा स्टाइलिस ट्यांक आकार छ । जसले बाइकको ओभरअल लुक्सलाई युनिक र डायनामिक देखाएको छ ।

यो मोटरसाइकलको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

स्टाइलिस बाइक

राइडरलाई सहज, आत्मविश्वासी र स्टाइलिस अनुभूत गराउने किसिमका विशेषताहरुले यो सु-सज्जित छ । यसमा ट्युबलेस टायर छ । जसले यात्राका दौरान टायर पञ्चर भएर भोग्नुपर्ने सास्तीलाई दूर गर्छ ।


यसमा फूल्ली डिजिटल स्पीडोमिटर पनि जडान भएको छ । अग्रभागलाई आकर्षक बनाउन यसले पनि सहयोग गरेको छ ।

स्ट्राइकर-१२५मा एलईडी टेल ल्याम्पस्को फिचर्स पनि छ । यस्ता फिचर्सले यो रेञ्जको बाइकमा नयाँ अध्यायको सुरुवात भएको दावी टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गरेको छ ।

शक्तिशाली इञ्जीन

यो बाइक नेपाली बाटो सुहाउँदो रहेको कम्पनीले बताएको छ । शक्तिशाली क्षमताकै कारण यो बइकले राम्रो बजारमा लिने अपेक्षा गरिएको छ ।


१२५ सिसीको यो बाइकको इञ्जिनले १०.८ एनएमको टर्क उत्पादन गर्छ । ४ स्पीड म्यानुअल ट्रान्समिसनका साथमा स्ट्राइकर आएको छ ।

यसको फ्रन्ट सस्पेन्सनमा टेलिस्कोपिक आयल ड्याम्प्ड र रेयरमा सेरिज स्प्रीङ सस्पेन्सन छ । फ्रन्टमा डिस्क र रेयरमा ड्रम ब्रेक छ । यसको च्यासिस सिंगल क्रेडल टूलबार फ्रेममा आधारित छ । त्यसैले यो बाइक निकै कम्फर्टेबल पनि सावित भएको छ ।

उच्च माइलेज

यसमा १२७५ एमएमको ह्वील बेस छ । १०७७ एमएमको उचाइरहेको स्ट्राइकर-१२५ २ हजार एमएम लामो छ । यो बाइकको तौल ११७ केजी छ ।

यसमा १४.५ लिटरको फ्युल ट्यांक छ । ३ वटा कलरमा यो मोटरसाइकल नेपाल आएको छ । क्रिमसन ह्वाइट, भल्कानो रेड र मेटालिक ब्ल्यू कलरमा स्ट्राइकर किन्न पाइनेछ । यो बाइकमा १७२ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।


यो बाइक मितब्ययी पनि छ । स्ट्राइकर-१२५ले ६७ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ ।

स्ट्राइकर सार्वजनिक गर्दै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिलिप आग्रवालले स्ट्राइकर नयाँ जमनाको प्रतिनिधित्त्व गर्दै बजारमा आएको बताए ।

उनले सबै रेञ्जका मोटरसाइकलमा टिभीएस अब्बल सावित हुँदै गरेको अवस्थामा स्ट्राइकर-१२५ ले पनि आफ्नो परफर्मेन्सका बलमा बजारमा बलियो उपस्थिति जनाउने दावी गरे ।

भिडियो हेर्नुस्




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment