Comments Add Comment

समाजवादी शिक्षा हाम्रो यात्रा

 

 

संविधानको प्रस्थापनामा नेपाली समाजको यात्रा समाजवादी यात्रा हुनेछ भनेर लेखिएपछि अबको हाम्रो यात्रा समाजवादी यात्रा हुने कुरामा कुनै दुविधा रहेन । जुन कुरा राणहरुको विरुद्ध संघर्ष गर्दै नेपालमा राजनीतिक पार्टी स्थापना गर्दा पुष्पलाल र वी.पी. कोइरालाले देखेको सपना थियो । र, यो माओवादी जनयुद्धको उपलव्धी थियो ।

अब नेपाली जनताका लागि समाजवाद कार्यान्वयनको दायित्व बनेर आयो । शिक्षा र राजनीति एक अर्काका पुरक विषय हुन र सँगसँगै हिड्दा मात्र समाजको मुहार फेरिने हुँदा राजनीतिक उपलव्धीहरुलाई समाजमा प्रतिविम्वित गर्न विद्यार्थी आन्दोलनको नयाँ परिभाषा खोज्दै समाजवादी शिक्षाको कार्यदिशा निर्माण गर्न आवश्यक छ ।

समाजवाद राजनीति कार्यक्रम नभएर समतामूलक सामाजिक व्यवस्था हो । माक्र्स एङ्गेल्सको शब्दमा योग्यता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था गरिएको सामाजिक व्यवस्था हो । जहाँ मानिसका आधारभूत आवश्यकताहरु सजिलै पूरा हुन्छन् ।

समाजवादलाई आजभोलिको क्याटरिङ्ग, पिक्निक नभई पुरानो पिकनिक समाजको रुपमा पनि वुझन सकिन्छ । जहाँ क्षमता अनुसारको सरसामानको व्यवस्था, स्वेच्छिक र रुची अनुसारको कार्य विभाजन, तीतो मीठो कुनैमा गुनासो नहुने, खुशी र उल्लासका साथ मनाइने गरिन्छ । त्यहि पिक्नीक समाज हो समाजवाद ।

समाजवादी शिक्षा समाजवादी व्यवस्थाका लागि योग्य मानिस निर्माण गर्ने प्रकृयागत प्रणाली हो । समाजवादी व्यवस्था वस्तु तथा सेवाको उत्पादन र वितरण गर्ने व्यवस्था नभएर संस्कृति र चेतनाको विषय पनि हो । यसर्थ समाजवादी शिक्षा निर्माणमा देशको माटो, संस्कृति र राजनीतिको संयोजन हुनु अनिवार्य हुन्छ ।

समाजवादी व्यवस्था मानिसका आधारभूत आवश्यकता सजिलै पुराहुने व्यवस्था भएकोले राज्यमा प्रर्याप्त मात्रामा उत्पादन हुनु अनिवार्य हुनेछ । यसर्थ शिक्षा उत्पादनसँग जोडिनु समाजवादी शिक्षाको पहिलो विशेषता हुन्छ । हाम्रो देशमा पहिलो शिक्षा दिक्षा दिने अनि त्यसको योग्यता अनुसार कामको खोजी गर्ने, पहिला तालिम दिने त्यसपछि रोजगार खोजिदिने गलत प्रचलन छ । यसलाई फेर्न जरुरी छ । पहिला देशलाई कस्ता मान्छे ? कति मान्छे आवश्यकता हो ? त्यसको आधारमा शिप र शैक्षिक संस्थाहरुको निर्माण गर्ने व्यवस्था गरिनु जरुरी छ । हामी एउटा निष्कर्षमा पुग्नै पर्छ देशको अर्थतन्त्र विकास गर्दै समृद्धिको यात्रामा हिडन कति मानिसहरु आवश्यकता छन र त्यो कहाँ र कसरी उत्पादन गर्न सकिन्छ ।

समाजवादी शिक्षाको अर्को विशेषता संस्कृति र चेतनाको सवाल हो । नेपालमा आर्थिक हैसियतका आधारमा विद्यार्थीहरुलाई पठनपाठन गराउने शैक्षिक संस्था र शैक्षिक नीति छ । जसको कारण फरक फरक मनोविज्ञान, फरक दृष्टिकोण र फरक वुझाई भएका मानिसहरु निर्माण भइरहेका छन । यो समाजवादी व्यवस्थाका लागि घातक कुरा हो । यसका लागि नेपालका समाजवादी विद्यार्थी संगठनहरुले नीजि स्कूलमा शुल्क घटाउ र सार्वजनिक स्कूलको स्तर उठाउ भन्ने नारा दिएर संघर्ष गर्दैमा पुग्दैन । शिक्षामा निजी क्षेत्रको प्रवेश गराउने राज्यको नीतिका विरुद्ध संघर्ष गर्दै नीति बदल्न र शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिने गरी आँधीवेहरी सिर्जना गर्न जरुरी छ । यो २१ औं राष्ट्रिय सम्मेलनको अर्को शंखघोष हुनेछ ।

कुनै बेला मानिसहरु मानवीय जीवनका आवश्यकताहरु प्रकृतिमा घुम्दै जंगली आहारविहारबाटै पूरा गरे । पछि मानिसहरु बलियोले कमजोरलाई दास वनाएर आफ्ना आवश्यकताहरु पूरा गरे त्यसभन्दा पनि पछि जमिनका उत्पादनबाट आफ्ना आवश्यकताहरु पुरा गरे त्यसपछि मानिसहरु पैसा मार्फत आफ्ना जीवनका आवश्यकताहरु पुरा गरिरहेका छन । मानिस निरन्तर जीवनको सुखको खोजीमा छ । यो प्रकृयामा यी सबैकुरा आविस्कारहरु भए । फेरि यी सबै कुराहरु हुन्, मानिसका सुखका खोजीमा निस्केका अन्तिम आविश्का थिएनन र होइनन ।

मानिसहरु आज पनि सुखको खोजीमा विज्ञान र प्रविधि मार्फत नयाँ नयाँ आविष्कारहरुमा लागि रहेका छन । मानिसहरु वच्चा पेटमा होइन टेष्टटूवमा खोजिरहेका छन् । खाना खेतमा होइन, मेशिनमा खोजिरहेका छन । कपडा सनपाटमा होइन रासायनिक संयोजनमा खोजिरहेका छन् । विद्यार्थीहरु के कुरा नयाँ भनेर पढिरहेका छन् त्यो सबैकुरा पढाई नसिध्याउँदै पुराना भएका छन् । यसको मतलव विज्ञानका हरेक शाखाहरुमा भैरहेका आविष्कारहरु समाजवादी शिक्षाको अनिवार्य पक्ष वन्न जरुरी छ भने समाजवादी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु अन्वेषक हुन जरुरी छ ।

समाजवादी शिक्षा निर्माणको यात्रामा कार्यदिशा निर्माण गर्दैगर्दा फिनल्याण्ड, क्यूवा, चीनको साघाई लगायतको ठाउँको शिक्षा हाम्रा लागि महत्वपूर्ण सन्दर्भ सामाग्री हुन सक्छन् । फिनल्याण्डको शिक्षा ओल्ड इकोनोमी फोरमले गर्ने सर्वेक्षण अनुसार यो वर्षको विश्वको सवैभन्दा उत्कृष्ट शिक्षामा पर्दछ । जहाँ सवै शिक्षा निशुल्क र मातृभाषामा दिने व्यवस्था छ ।

डिग्री पास गरिसकेपछि अनुसन्धानमा लागेका मानिसहरुलाई शिक्षण पेशामा प्रवेश गराइन्छ र देशको सवैभन्दा उच्च प्रोफेशन शिक्षा हो । त्यसपछि मात्र अन्य प्रोफेसन डाक्टर, इन्जिनियर लगायत पर्दछन । सवै वर्ग, लिंग, धर्म, उमेरका मानिसहरु एउटै क्लासमा राखेर अध्ययन गराइन्छ यदि कुनै विद्यार्थी भर्ना भएपछि अध्ययन पुरा गर्न सकेन भने विद्यार्थीलाई होइन शिक्षा प्रणालीलाई दोषी ठानिन्छ ।

करिव दशभन्दा धेरै विद्यार्थी संगठन र सयौंको संख्यामा अन्य विद्यार्थी संगठनमा क्रियाशिल क्रान्तिकारी विद्यार्थी नेताहरुको ध्रुवीकरण पश्चात अखिल क्रान्तिकारी २१ औं राष्ट्रिय सम्मेलन गर्दैछ । यो सम्मेलनपछि शिक्षाभित्रका सवै विकृति, विसंगति र सांगठानिक जीवनका सवै विकृति र विसंगति अन्त्य गर्दै समाजवादी शिक्षाको यात्रामा निस्कने छ । यो नेपाली विद्यार्थी आन्दोलनको नयाँ यात्रा हुनेछ । यो यात्राबाट देशका सवै विद्यार्थीहरुलाई राता मान्छे र सवै राता मान्छेहरुलाई एक्सपोर्ट मान्छे वनाउन संकल्प गर्दै सोही अनुसारको नीति निर्माण र कार्यक्रमहरु निर्माण गरिनेछ ।

अखिल क्रान्तिकारीले यही भदौ ७ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एकताको २१ औं राष्ट्रिय सम्मेलन गर्दैछ । उक्त सम्मेलनमा अबको नेपाली विद्यार्थी आन्दोलनको समाजवादी यात्राका विषयमा गम्भीर बहस र छलफल हुनेछ ।

(केसी अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment