Comments Add Comment

ठमेलमा ग्लोबल आइएमई बैंकको नयाँ एटिएम


२६ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको पर्यटकिय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ ।

 

ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्तीस्थित होटल गरुडामा रहेको एटिएम लाउन्जबाट आफ्नो एटिएम सुरु गरेको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १ सय १६ पुगेको छ ।

 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले १ सय १२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १ सय १६ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment