Comments Add Comment

स्पार्ककार सेवाः हटलाइनबाट चौबिसै घण्टा गाडी र ड्राइभर भाडामा

२७ साउन, काठमाडौं । काठमाडौंमा अत्यावश्यक पर्दा गाडी भाडामा लिन मुस्किल र झन्झटिलो छ । तर अब यस्तो सेवा सुरु भएको छ, जसले हरेक किसिमका गाडी भाडामा लिँदा झन्झट त हुँदैन नै, सुन्तुष्टी भने मिल्नेछ ।

गाडी भाडा सम्बन्धी सबै किसिमका सेवा दिने गरी स्थापना भएको स्पार्ककारले जसले, जहाँ, जुनसकै अवस्थामा गाडी मागेपनि उपलब्ध गराउँछ ।

त्यतिमात्रै होइन, आफ्ना गाडी चलाउन कुनै निश्चित समयका लागि ड्राइभर चाहिए पनि स्पार्ककारको एक कल फोन गर्दा तपाईंले सजिलो रुपमा सेवा पाउनुहनेछ ।

अझ सहज पक्ष त के छ भने स्पार्ककारले २४ घण्टा नै सेवा दिन्छ । स्पार्ककारका प्रवन्ध निर्देशक रोशन घिमिरे स्पर्काकारले जुनसुकै समयमा पनि आवश्यक परेकाहरुलाई गाडी उपलब्ध गराउने बताए ।

मध्यरातमा बिरामी वा दुर्घटनामा पर्नुभयो, कारणबस कुनै गन्तब्यमा पुग्नै पर्‍यो, आकस्मिक रुपमा कतै निस्कनै पर्‍यो र तपाईंसँग सवारी छैन भने स्पार्क कारमा एक कल फोनमै कम्पनीले सेवा उपलब्ध गराउनेछ ।

स्पार्ककारले संस्थागत रुपमा नै ग्राहकको फोनको रेस्पोन्स गर्दै सेवा प्रयोगका लागि प्रोत्साहित गर्नेछ ।

‘अहिलेसम्म गाडीको मालिकलाई नै गाडी चाहियो भनेर कल गर्ने प्रचलननै ब्याप्त छ । ऊसँगको मोल-मोलाई मिल्छ कि मिल्दैन ठेगान हुन्न’ प्रमुख कार्यकारी अधिकृत (सिईओ) घिमिरेले भने,’ हामी संस्थागत रुपमा नै ग्राहकलाई सन्तुष्ट गर्न चाहान्छौं । हामी यो काम सेवाभावका साथ गर्छौं । ‘

यदि छोटा दूरीमा पनि ग्राककले ट्याक्सीको सट्टा स्पार्ककारको सेवा लिन चाहेमा कम्पनी तयार छ । स्पार्ककारले बाटोमा गाडी बिगि्रएर अलपत्र परेपनि गाडी भाडामा उपलब्ध गराएर तपाईंलाई गन्तब्यसम्म छाड्नेछ ।

ओखलढुंगाबाट अध्ययनका लागि राजधानी आइपुगेका सिईओ घिमिरेले गाडी भाडामा लिने परम्परागत पद्धतिलाई नयाँ स्वरुप दिएर कम्पनी नै स्थापन गरी सेवाको सुरुवात गरेका हुन् ।

यो कम्पनीले अहिले ड्राइभर पनि हायर गर्ने सुविधा दिएको छ । कसैले कुनै परिस्थितिमा १ दिन, २ दिनदेखि ६ महिना र एक वर्षसम्म पनि ड्राइभर भाडामा लिन चाहे पनि उपलब्ध गराइने सिईओ घिमिरेले बताए ।

नेपालमा यस्तो सेवाको संस्थागत सुरुवात पहिलोपटक भएको हो । इनोभेटिभ काम गर्न इच्छा राख्ने घिमिरेले यातायातको क्षत्रेमा नागरिकलाई परिरहेको समस्या हल गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्तो सेवको थालनी गरेको घिमिरेको भनाइ छ ।

‘हामी उपभोक्तालाई गाडीका कारण कुनै तनाव सिर्जना नहोस् र यामा कुनै झन्झट नहोस् भन्नेमा सचेत छौं’ सिईओ घिमिरेले भने, ‘हाम्रो सेवालाई सुरक्षित गर्न पनि हामीले विभिन्न आन्तरिक तयारीहरु गरेका हुन्छौं । ड्राइभरलाई जिम्मेवार र जानकार बनाउने विषयमा हामीले संस्थागत रुपमै प्रयास गरेका छौं ।’

अहिले कसैलाई कुनै यात्रा निस्कनु परेमा सवारी खोज्न निकै सास्ती हुने गर्छ । तर, स्पार्ककारले आफ्नो सम्पर्कमा आउने ग्राहकलाई सुन्तुष्ट गराउने गरी सेवा दिइरहेको जनाएको छ ।

सेवा लिन चाहानेले कम्पनीको हटलाइनमा सीधै कल गर्न सक्छन् । स्पार्ककारको फेसबुक पेजमा गएरपनि गाडी बुकिङ गर्न सकिन्छ । त्यसपछि कम्पनीले नै ग्राहकलाई सेवाका लागि सम्पर्क गर्नेछ ।

स्पार्ककारले छिटै नै मोबाइल एप्समार्फत पनि गाडी बुकिङको सेवा प्रारम्भ गर्न लागेको जानकारी दिएको छ ।

अब काठमाडौंमा मात्रै कार्यालय राखेर सेवा दिइरहेको कम्पनीले छिट्टै मोफसलका प्रमुख शहरहरुमा पनि संस्थागत सेवा सुरु गर्न लागेको घिमिरेले बताए ।

‘हामी काठमाडौंमा मात्रै होइन, उपत्यकाबाहिर पनि हामी जान लागिरहेको छौं’ घिमिरे भन्छन्,’बिराटनगरबाट पनि सेवा निकट भविष्यमै यो सेवा सुरु हुन्छ ।’

कम्पनीले विवाह, पिकनिक, भ्रमण, पार्टी लगायतमा जान जुनसकै सवारी पनि भाडामा उपलब्ध गराउँछ ।

ग्राहकले मागेअनुसारका सबै किसिमका सवारी स्पार्ककारसँग नै छ । झण्डै ४० भन्दा बढी आफ्नै सवारी रहेको स्पार्ककारले सेवालाई प्रभावकारी बनाउन थप सवारी राख्ने योजना पनि बनाइरहेको घिमिरेले बताए । कम्पनीसँग कार, जीप, मिनि बस, बस लगायतका सवारी छन् ।

‘सार्वजनिक गाडीमा लेखिएका फोन नम्बर टिपेर त्यसमा कल गर्दै अनेकन झन्झटसहित गाडी बुक गर्ने अवस्था अब रहिरनु हुँदैन’ घिमिरे भन्छन्-‘अब परम्परागत घेराबाट बाहिर आएर संस्थागत रुपमा नै सेवा लिने र कुनै गुनासो भए संस्थागत रुपमा नै सम्बोधन गराउने कुुरामा सबैको ध्यान तानिुनुपर्छ ।’

कम्पनीले भेहिकल रेन्टलमा आईएसओ सर्टिफिकेट पनि पाइसकेको छ । कम्पनीको सेवा लिनेमा अहिले ब्यक्तिगत प्रयोगकर्तादेखि सरकारी कार्यालय, एनजीओ, आईएनजीओ, नियोग र विभिन्न संस्थाहरु पनि छन् । आफ्ना पाहुना र कर्मचारीलाई कतैबाट ल्याउन र कहीँ पुर्‍याउन उनीहरुले स्पार्ककारलाई प्रयोग गरिरहेका छन् ।

संस्थागत रुपमा कारोबार हुने भएकाले पारदर्शी हुने र कागजी झन्झट पनि नहुने भएकाले धेरैले यसलाई रुचाएका छन् ।
सुरुवातमा स्पर्काकारले संघसंस्थाका लागि मात्रै गाडी भाडामा दिने गरी सेवा थालेको थियो ।

तर, सर्वसाधारण पनि स्तरीय गाडी भाडामा नपाएर पीडित बनेको महसुस भएपछि सबैका लागि सेवा दिने गरी विस्तार गरिएको सिईओ घिमिरे बताउँछन् ।

अहिले कम्पनीमा ६० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अहिले काठमाडौं उपत्याकका कुनै पनि स्थानबाट पिक-अप तथा ड्रपका लागि १ हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।

एकदिन पुरै गाडी भाडामा लिनुपरेमा ४ हजार रुपैयाँ तय गरिएको छ । उपत्यकाबाहिर जानुपर्दा भने गन्तब्यअनुसार शुल्क लिने कम्पनीले जनाएको छ ।

कम्पनीले महंगो सेवाभन्दा ग्राहककको सन्तुष्टीलाई नै प्राथमिकता दिएर शुल्क तोकेको घिमिरेले बताए ।

कम्पनीले फेमिली सपिङ, नाइट आउट विद फ्रेण्ड, पार्टीमा डि्रंक्स गरेर घर जान नसक्दा, बिहनै मन्दिर जानुपर्दा, एयरपोर्टबाट फर्किँदा या एयरपार्ट पुग्दा, फेमिली फङ्सनमा सहभागी हुनुपर्दा, हस्पिटल जाँदा र फर्किँदा, लंग ड्राइभ जानुपर्दा, आफन्त र साथीभाईलाई कतैबाट पिक-अप गराउनुपर्दा या ड्रप गराउँदा र धार्मिक तथा स्थलमा घुम्न जानुपर्दा पनि सेवा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment