Comments Add Comment

अनुपम र ज्ञानुलाई युवा वर्ष मोती पुरस्कार

२७ साउन, काठमाडाैं । नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्षको मोती पुरस्कार रुपन्देहीकी अनुपम रोशी र चितवनकी ज्ञानु अधिकारीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

युवा वर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले साहित्यकारद्वय रोशी र अधिकारीलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ ।

युवा वर्ष मोती पुरस्कारको ३२ वर्षको इतिहासमा संयुक्त रुपमा दुई महिला साहित्यकारलाई पुरस्कार दिन लागिएको यो पहिलोपटक हो ।

उपन्यासकार अनुपम रोशीका कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ गरी तीन उपन्यास प्रकाशित छन् भने ज्ञानु अधिकारी समालोचनाका क्षेत्रमा सक्रीय छिन् ।

कोषका अनुसार १५२ औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ५ गते उनीहरूलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको यस पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment