Comments Add Comment

प्रतिघन्टा एक हजार शुल्क लिन्छन् यी पुरुष, महिलाहरुले घरमै बोलाउँछन् के का लागि ?

उनी न त कुनै डाक्टर हुन्, न त कुनै परामर्शदाता । तर उनले प्रति घण्टाको करीब एक हजार रुपैयाँ बराबरको शुल्क लिन्छन् । अनि महिलाहरु उनलाई घरमै बोलाएर उक्त शुल्क तिरेर भरपूर प्राप्त गर्दछन् ।

आखिर जापानका टाकानोबू निसिमोटोले गर्ने खास कुरा के हो ? जसका लागि महिलाहरुले चर्को शुल्क तिर्दछन् ?

तपाइँले अनेक थरी सोँच्नुभयो होला । तर होइन, त्यस्तो । मात्र आफुसँगको चिनापर्ची र भेटघाटका लागि मात्र निसिमोटोले यत्रो रकम अशुल्छन् ।

उनले अमेरिका र जापानमा समेत अनेक प्रकारका जागिर गरिसकेका छन्, तर अहिले चाहीँ उनी भाडामा उपलब्ध छन् ।

महिलाहरुले यिनलाई आफ्नो घरमा बोलाउनका लागि प्रतिघण्टा १० डलर अर्थात् झण्डै एक हजार रुपैयाँ बराबरको रकम फी तिर्नुपर्दछ र उनलाई एक घण्टा भाडामा लिन पाइन्छ ।

निसिमोटोले ओसान नामक पुरुष भाडामा लिने व्यवसाय ४ वर्षदेखि गरिरहेका छन् । उनको समूहमा ६० जनाजति त्यस्ता प्रौढ व्यवसायिक पुरुषहरु छन् जो भाडामा उपलब्ध छन् ।उनीहरुलाई वेबसाइटबाट बुकिङ गर्न सकिन्छ । अनलाइनबाटै रकम भुक्तानी गरिसकेपछि निसिमोटो वा उनका साथीहरु सम्बन्धित ठाउँमा पुग्दछन् ।

आखिर के गर्छन् त त्यहाँ गएर ? वास्तवमा दुनियामा एक्लोपनाबाट गुज्रिरहेका मानिसहरुको कमी छैन । निसिमोटो र उनका साथीहरु तिनै एकलकाटे मानिसहरुको एक्लोपन दूर गर्ने कोसिस गर्दछन् । अक्सर महिलाहरुले निसिमोटोलाई उनीहरुको एक्लोपन भगाउने साथीको रुपमा डाक्छन् । देख्दा साधारण देखिने निसिमोटोमा सुन्ने तथा बुझ्ने बेतोड क्षमता छ । उनी आफ्नो स्वभाव तथा हाउभाउले मानिसहरुलाई प्रभावित गर्न सक्दछन् । उनको कुरा गर्ने शैली निकै नरम छ ।

निसिमोटोसँग महिलाहरुले आफ्ना पिडा पोख्छन्, गुनासो सुनाउँछन्, रुन्छन्, रिसाउँछन् । निसिमोटोले मज्जाले सुन्छन्, दुखमा साथ दिन्छन् अनि दुखीहरुलाई खुसी बन्ने बाटो देखाउँछन् ।

निसिमोटोको शर्त छ उनी केबल कुराकानी गर्नका लागि मात्र भाडामा उपलब्ध छन्, अन्य कामका लागि होइन । एकताका एकजना ८० वर्षकी महिलाले पनि निसिमोटोलाई भाडामा लिएकी थिइन् । हरेक हप्ता निसिमोटो ती वृद्धाकोमा जान्थे र पार्कमा घुम्दै कुराकानी गर्दथे ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment