Comments Add Comment

नेपाल बंगलादेशको नाफामा देखिएन प्रगति, १ करोडको वृद्धि


२७ साउन, काठमाडौं । गत आव २०७३/७४ मा नेपाल बंगलादेश बैंकको नाफा करिब ०.१७ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो ।

 

बैंकको खुद व्याज आम्दानी ४.२५ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ७७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट २१ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

बैंकले यसअघि नोक्सान वापत राखेको २ करोड ५७ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ३ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत रहेको छ भने प्रावधान २ सय २ प्रतिशत गरेको छ ।

 

बैंकको चुक्ता पुँजी ७ अर्ब २१ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेको छ । यो दर १४.३३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब ४९ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग १३.१४ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

 

बैंकको निक्षेप संकलन ९.६२ प्रतिशतले बढेर ४३ अर्ब र कर्जा लगानी १५ प्रतिशतले बढेर ३७ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ६९.३६ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.२८ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.७५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ रहेको छ ।

 

बैंकको कर्मचारी लागत ६ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १० करोडले वृद्धि भएको छ । बैंकले सेयरको धितोमा ३७ करोड र ओभर ड्राफ्ट शीर्षकमा १५ अर्ब ८५ करोड लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment