Comments Add Comment

नेपाल एसबिआईको कायम राख्यो अर्बमाथिको नाफा, व्याज आम्दानी नै करिब तीन अर्ब


२७ साउन, काठमाडौं । गत आव २०७३/७४ मा नेपाल एसबिआई बैंकको नाफा करिब १४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ३३ करोड रहेको थियो ।

 

बैंकको खुद व्याज आम्दानी २० प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ४८ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ४४ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले २२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

बैंकले यसअघि नोक्सान वापत राखेको २ करोड ८० लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.१० प्रतिशत रहेको छ भने प्रावधान १ हजार १ सय ३२ प्रतिशत गरेको छ ।

 

बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल सामान्य घटेको छ । यो दर २०.४२ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३०.६२ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब ५० करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग १७.३८ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

 

बैंकको निक्षेप संकलन २२ प्रतिशतले बढेर ८१ अर्ब र कर्जा लगानी ३४ प्रतिशतले बढेर ६३ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ८.९८ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.७६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ रहेको छ ।

 

बैंकको कर्मचारी लागत २५ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १४ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा ३२ अर्ब करोड लगानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment