शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

व्यवसायीसामु झुक्यो आयल निगम, क्षतिपूर्ति बढाइयो

सुवास भट्ट


२७ साउन, काठमाडौं । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम स्रोतले जानकारी दियो ।

सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्‍याइएको छ ।

पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ ।

क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि निगमसँग पेट्रोल-डिजेल किन्नै छाडेका छन् । माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ ।

निगमले क्षतिपूर्ति बढाएपनि व्यवसायीले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

‘हामीलाई आधिकारिक पत्र आएको छैन, पत्र आएपछि आवश्यक निर्णय लिन्छौं,’ नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले अनलाइनखबरसँग भने । निगमले भने आधिकारिक पत्र पठाइसकिएको जनाएको छ ।

२०७४ साउन २७ गते १६:४० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १३:००

    माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ
    Where is law and order?

    4
    0
    Share

  • Mohan लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १३:१८

    Chor chor mausere bhai!!

    2
    0
    Share

  • Rudra लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १३:४९

    खड्काले यहाँ पनि झ्याम पारे । ढुवानी व्यावसायीबाट असूल गरेर सो पैसा जग्गा प्रकरणमा जोगिनमा खर्चिने भए बा तरीका जानेकै हुन् ।

    4
    0
    Share

  • Subash adhikari लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १४:५७

    वास्तविक लस अनुसारकाे क्षतिपूर्ति भएन,सरकारले कम्तिमा Diesel 4kl मा 40लिटर र petrol 4kl मा 80 लिटर वेवासायिलाइ क्षतिपूर्ति दिनुपर्छ।

    0
    2
    Share

  • DP लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १५:१९

    janmeko nai khan lai….Jaya bhudi.

    1
    0
    Share

  • Gopal Nakarmi, Sinamangal लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १५:३९

    yo sabao commision ko khel ho

    2
    0
    Share

  • Nepal लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १७:१४

    sabai aadolon garne petrol pump lai on the spot kharej garera naya haru lai diye vaigo ta

    3
    1
    Share

  • nanda lal jaiswal लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते १८:२१

    jab samma noc ko karmachari ra tanker driver ko setting anta hudaina taba samma yo khel chalirahanchha.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this