Comments Add Comment

साम्राज्ञी र आनालाइ अनमोल ‘ह्याङ’बाट मुक्त हुन आवश्यक

नेपाली चलचित्र क्षेत्रमा भविष्यका सुपरस्टारको रुपमा हेरिएका दुइ नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्माले नायक अनमोल केसीसँग काम गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । दुबैको डेब्यू चलचित्र अनमोलसँग थियो ।

यसैले, पनि करिअर नयाँ विन्दुका लागि दौडिरहेका यी दुइ अनमोलको प्रश्न फेस गरिरहेका छन् । दुबैको दोश्रो चलचित्र रिलिज नभएकाले पनि यी दुइले अनमोलसँग सम्बन्धित प्रश्न फेस गरिरहेका हुन् । साम्राज्ञीको डेब्यू चलचित्र ‘ड्रिम्स’ र आनाको डेब्यू चलचित्र ‘जेरी’का नायक अनमोल थिए ।

साम्राज्ञी र आनाले पहिलो चलचित्रबाट नै चर्चा पाउनुको पछाडि अनमोलको स्टारडम रहेको टिप्पणी हुने गरेको छ । यसैले, दोश्रो चलचित्र रिलिजसँगै यी दुइ अनमोल ‘ह्याङ’बाट मुक्त हुन आवश्यक छ ।

आना अभिनित चलचित्र ‘ग्याङस्टार ब्लूज’ आउँदो साता अर्थात भदौ २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तै, साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र इनिसियल रुपमा चल्नुमा साम्राज्ञीको क्रेजले काम गर्नुपर्नेछ ।
यी दुबै चलचित्र चलेको खण्डमा आना र साम्राज्ञी अनमोल ‘ह्याङ’बाट मुक्त हुनेछन् ।

चलचित्र प्रचारको क्रममा नायिका आना शर्माले त ‘जेरी’ चल्नुमा अनमोलको मात्र हात नरहेको घुमाउरो तरिकाले खुलाइसकेकी छिन् । उनले, अनमोलसँग काम गरेका नायिकाहरुले चर्चा पाउनुको पछाडि नायिकाहरुको काम पनि राम्रो रहनु बताएकी छिन् ।

हेरौ, भदौमा २ साताको अन्तरमा रिलिज हुन लागेका आना र साम्राज्ञीका चलचित्रले यी दुइको करिअरलाई कुन गतीमा लैजाने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment