Comments Add Comment

‘ऐश्वर्य’को गीत सार्वजनिक, रमेश र दीपिकाको लोभलाग्दो केमेष्ट्री


नेपाली चलचित्रका गीतसंगीत र भिडियो दुबैमा पावरफूल बन्दै गएका छन् । जसलेगर्दा, गीतले नै दर्शकलाई हलसम्म तान्न सफल भएका छन् । संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको चलचित्र ‘ऐश्वर्य’को एक प्रेमगीतले पनि यही कुराको संकेत गरेको छ ।

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज समावेश छ ।

यो गीतको शब्द, संगीत र स्वर पावरफूल छ । यसैले, पनि सार्वजनिक कार्यक्रममा यो गीतको मुक्तकण्ठले प्रशंसा भएको थियो । यो गीतमा चलचित्रका मुख्य कलाकार रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाँइलाइ फिचरिङ गरिएको छ । यो गीतको भिडियो पनि उत्कृष्ट छ । नायक रमेश उप्रेतीलाइ यो चलचित्रले फेरि चलचित्र क्षेत्रमा चर्चित बनाउने संकेत यो गीतले दिएको छ । नव-नायिका दीपिका प्रसाँइले पनि चलचित्रकर्मी र दर्शकको मन जित्न सक्छिन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता अर्जुन श्रेष्ठ र किरणराना उप्रेती हुन् । निर्मल शर्मा सह-निर्माता रहेको चलचित्रलाइ सुदिप बरालले छायांकन गरेका हुन् ।

चलचित्रमा दिर्घ खड्काको सम्पादन, तेन्जु योञ्जन र एन्जिला खत्रीको कोरियोग्राफी छ । चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाँइको मुख्य भूमिका छ ।

यो चलचित्र लक्ष्मीपूजाको अवसर पारेर कात्तिक २ गतेबाट रिलिज हुँदैछ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार रमेश उप्रेतीले सबैको सहयोगमा एउटा राम्रो चलचित्र बनाउने कोशिश गरेको बताए । यस्तै, नव-नायिका दीपिका प्रसाइले चलचित्रमा आफू सूपर मोडलको भूमिकामा देखिएको बताइन् । निर्देशक दिवाकर भट्टराइले लभ स्टोरी चलचित्रलाई मिहिनेतका साथ बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment