Comments Add Comment

तीर्थको हृयाट्रिकसँगै सगरमाथा सेमिफाइनलमा

२७ साउन, ताप्लेजुङ । तीर्थ बस्नेतको हृयाट्रिकको मदतमा सगरमाथा युवा क्लब विराटचौक, ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा सगरमाथाले फिदिम स्र्पोटिङ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्‍यो ।

मोरङको तर्फबाट तीर्थ बस्नेत एकलैले तीन गोल गरे । खेलको तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका उनले ७ र २८ औँ मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरे ।

खेलको सम्पूर्ण समय सागरमाथाले पाँचथरलाई दबाबमा राख्यो । फिदिम स्र्पोटिङ क्लबका चरण बस्नेतले खेलको २१ औं मिनेटमा गोल गरेपनि त्यो सान्तवना मात्र हुन सक्यो ।

खेलमा म्यान अफ दि म्याच तीर्थ बस्नेत भएका छन् । सगरमाथा युवा क्लबले अब फाइनल प्रवेशका लागि शसस्त्र प्रहरी दमकसँग खेल्नेछ ।

शनिवार हुने पहिलो सेमिफाइनलमा चर्च व्वाईज काठमाडौं र नव प्रयास ताप्लेजुङ भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment