Comments Add Comment

श्री एयरलाइन्सले थाल्यो उडान, सुरुवातमै रोज्यो ५ गन्तब्य


२७ साउन, काठमाडौं । ४ महिनाको अड्चनपछि उडान अनुमति (एओसी) पाएको श्री एयरलाइन्सले शुक्रबारदेखि नियमित उडान थालेको छ । उडानको पहिलो दिन यसले देशका तीन स्थानमा उडान भर्‍यो ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार शुक्रबार एयरलाइन्सले भैरहवा, नेपालगन्ज र धनगढी उडान भरेको हो । शनिबारदेखि भद्रपुर र आइतबारदेखि बिराटनगरको उडान भर्ने उनले जानकारी दिए ।

मानन्धरले भने, ‘अहिले ५ स्थानमा उडान भर्ने तय भइसकेको छ, माउन्टेन फ्लाइट पनि सुरु गर्ने योजना बनाइरहेका छौं ।’

विमान ल्याएको झण्डै ४ महिनापछि बिहिबार नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई एओसी दिएको थियो ।

यसले अहिलेसम्म तीनवटा जहाज ल्याइसकेको छ । श्री एयरलाइन्सले पहिलो विमान गत चैतमा नै किनेको थियो । यसले तीन महिनामा क्यानाडाको बम्बार्डियरबाट उत्पादित सिआरजे सिरिजका तीनवटा जेट इन्जिनयुक्त विमान भित्र्याएको थियो ।

एयरलाइन्सले चार महिना अघिदेखि उडान थाल्न खोजेको भए पनि प्राधिकरणले एओसी दिनमा गरेको ढिलाइका कारण उडान भर्न सकेको थिएन । नियमित उडान गर्नुपर्ने जहाज ग्राउण्डेड भएर बसिरहादा कम्पनीले ठूलो क्षति ब्यहोर्नुपरेको छ ।

तीन महिना बित्दासम्म पनि पनि क्यानले कुनै निर्णय नदिएपछि श्रीको फाइल अख्तियार दुरुपयोग अनुसन्धानले तानेको थियो ।

अख्तियारले छानबिन गर्न थालेपछि मात्रै प्राधिकरणले एओसीको प्रक्रिया थालेको थियो । एओसी जारी गर्नुभन्दा पहिले उडान परिक्षण गर्ने अनुमति पनि क्यानले केहि दिनअघि मात्रै दिएको थियो ।

श्री एयरलाइन्सले उडान थालेसागै नेपालको आन्तरिक उडान थप प्रतिस्पर्धात्मक बनेको छ । यसअघि श्री एयरलाइन्सले उडान नथाल्दै मंगलबार र शनिबार यात्रु कम भएको देखिएको थियो । यसले उडान थालेपछि झनै प्रतिस्पर्धा बढ्ने देखिन्छ ।

प्रतिस्पर्धा बढ्दै गएपछि अहिले बिमान कम्पनीहरुले बेलाबेलामा भाडा घटाउने गरेका छन् । यसरी आन्तरिक प्रतिस्पधाृ बढेपछि यात्रुलाई भने फाइदा पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment