शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

चूडामणि शर्माको रिहाइः बन्दी प्रत्यक्षीकरणको बन्ध्याकरण !

अख्तियारले धरौटी माग्नु 'वैयक्तिक स्वतन्त्रता' को उल्लंघन ?

अर्बौं रुपैयाँको कर छली गरेको आरोप लागेका राजस्व विभागका निलम्बित महानिर्देशक एवं कर फर्छ्यौट आयोगका तत्कालीन सदस्य चूडामणि शर्मालाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश किन दियो ? अदालतले शर्मालाई शुक्रबार ‘आजैका मितिबाट रिहा गर्नू’ भन्ने आदेश दिएपछि ‘बन्दी प्रत्यक्षीकरण’को संवैधानिक परिभाषामाथि नै प्रश्न उठेको छ ।

आखिर सर्वोच्च अदालतले शर्मालाई रिहा गर्ने आदेश किन दियो ? हेरौं यसबारे अदालतको आदेशले के भन्छः

शर्माको पक्षमा को-को ?

सर्वोच्च अदालतको पूर्णइजलासले शर्मालाई तत्काल रिहा गर्ने आदेश दियो । यसरी आदेश सुनाउने ५ न्यायाधीशहरुमा दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाकुमार घिमिरे र अनिल कुमार सिन्हा छन् ।

शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तहकिकातका क्रममा थुनामा राख्नु गैरकानूनी कार्य हो भन्दै शर्माको पक्षमा वकालत गर्नेहरु वरिष्ठ वकिलहरुमा बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र नेपाल बारका अध्यक्ष शेरबहादुर केसी थिए ।

त्यसैगरी अधिवक्ता डा. भीमार्जुन आचार्य, खम्बबहादुर खाती, सालिकराम आचार्य र ललितबहादुर बस्नेतले शर्मालाई अख्तियारले थुनामा राख्न पाउँदैन भन्दै सर्वोच्चमा वकालत गरेका थिए ।

क-कसले गरे शर्माको विरोध ?

शर्माले अर्बौंको राजस्व छलेको हुनाले उनलाई अख्तियारले थुनामा राखेर अनुसन्धान गर्नु र विशेष अदालतमा मुद्दा चलाइनु मनासिब छ भन्दै वकालत गर्नेहरुमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायव महान्यायाधिवक्ता किरण पौडेल, सहन्ययाधिवक्ता सञ्जीवराज उप्रेती, पदमप्रसाद पाण्डेय  थिए । त्यसैगरी अधिवक्ताहरु यज्ञमूर्ति वञ्जाडे, बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक, चेतनाथ घिमिरे र परशुराम कोइरालाले शर्माको विरुद्धमा बहस गरेका थिए ।

के भन्यो सर्वोच्च अदालतले ?

चूडामणि शर्मालाई तत्कालै थुनामुक्त गर्न आदेश दिएको अदालतले थुनामुक्त गर्नुपर्नाको कारणबारे यसो भनेको छ-

‘कुनै पनि नागरिकको वैयक्तिक स्वतन्त्रता नेपालको संविधानको धारा १७ (१) ले सुनिश्चित गरेको परिप्रेक्ष्यमा अख्तियार दुरुपयोग आयोग ऐन ०४८ को दफा १९ (४) को प्रयोग अत्यन्त जिम्मेवारीपूर्वक गर्नुपर्नेमा सो व्यवस्थाको मर्म र मनसाय अनुरुप धरौटी माग गरेको देखिन आएन ।’

सर्वोच्च अदालतको आदेशमा अगाडि भनिएको छ- ‘माथि विवेचित कानून र आधारबाट निज चूडामणि शर्मालाई थुनामा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिएको छ, निजलाई आजै थुनामुक्त गरिदिनु भनी सम्बन्धित प्रहरी कार्यालमा लेखी पठाइदिनू ।’

सर्वोच्चले पत्तो लगाएन शर्माको नियत

तत्काल थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतले शर्माले कर छुट दिएको विषय असल नियतले गरेको हो वा होइन भन्ने विषयमा बोलेको छैन ।

सर्वोच्च अदालतले एकातिर शर्माविरुद्ध मुद्दा चलाउन पाइने हो होइन भन्ने कुरा विशेष अदालतमा जारी मुद्दाले निरुपण गर्ने बताएको छ भने अर्कोतिर उनलाई तत्कालै थुनामुक्त गर्नसमेत भनेको छ ।

थुनामुक्त गरिनुपर्ने आधारहरुमा एकातर्फ अदालतले शर्माको ‘वैयक्तिक स्वतन्त्रता’को कुरा उठाएको छ भने अर्कोतर्फ संविधान र कानूनको ‘मनसाय अनुरुप धरौटी माग गरेको देखिएन’ भनेको छ ।

कर फर्छ्यौट आयोगका सदस्यले असल नियतले गरेको कामबारे अदालतमा प्रश्न उठाउन नपाइने अदालतको आदेशमा उल्लेख छ । तर, शर्माले गरेको कामको नियत असल हो वा खराब भनेर तथ्य पत्ता लगाउने जिम्माचाहिँ उसले विशेष अदालतलाई नै छाडेको छ ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ- ‘निज चूडामणि शर्माले ऐनको दफा १७ बमोजिम असल नियतले गरेको वा गर्न खोजेको काम हो होइन र निजउपर मुद्दा चलाउन पाउने हो होइन समेतका विषयमा उक्त मुद्दाबाटै निरुपण हुने हुँदा विशेष अदालतको दायरी मिसिल समेतका कागजात कारवाहीको लागि फिर्ता पठाइदिनू ।’

सर्वोच्च अदालतको यो आदेश अनुसार अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले नै शर्माको ‘नियत पत्तो लगाउनुपर्ने’ भएको छ । तथापि ‘नियत’ पत्ता नलाग्दै उनलाई सर्वोच्चले धरौटी किन लिइस् भन्दै रिहा गरिदिएको छ ।

मनासिब धरौटी नलिएको भनिएता पनि शर्मासँग कति धरौटी लिइएको भए मनासिव हुन्थ्यो भन्ने सर्वोच्च अदालतले बोलेको छैन । जहाँसम्म मुद्दा चलाइएको छ, त्यो चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्रै पर्ने सर्वोच्च अदालतले स्वीकार गरेको देखिन्छ ।

शर्मामाथि छानविन गर्ने अख्तियारको क्षेत्राधिकार छ, तर….

कर छली गरेको आरोपमा गत जेठ १९ गते अख्तियारले शर्मालाई पक्राउ गरी हिरासतमा लिएको थियो । उनलाई अदालतमा उपस्थित गराइवरि म्याद थप गर्दै थुनामा राखिएको थियो ।

त्यसै क्रममा असार १४ गते उनलाई ३ अर्बभन्दा बढी रकम धरौटी तोकियो । सो धरौटी बुझाउन नसकेपछि शर्मा थुनामा बस्न बाध्य भएका थिए ।

बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दा शर्मापत्नी कल्पना उप्रेतीले आफ्नो पतिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारक्षेत्र भन्दा बाहिर गएर पक्राऊ गरेको बताएकी छिन् । तर, अदालतको आदेशमा शर्मालाई पक्रा गर्ने कुरा अख्तियारको अधिकारक्षेत्रभित्रै परेको स्पष्ट पारिएको छ ।

अदालतको अदेशमा यसबारे भनिएको छ- ‘कर फर्छ्यौट आयोगका पदाधिकारीहरु सार्वजनिक पद धारण गरेको व्यक्ति देखिएकाले त्यस्ता पदाधिकारीउपर भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा मुद्दा दायर गर्न पाउने नै देखियो ।’

तर, शर्माले भ्रष्टाचार गरेको हो वा होइन भन्नेबारे विवाद रहेको अवस्थामा अभियुक्तसरह थुनामा राखेर कावाही गर्नुपर्ने देखिएन भन्दै सर्वोच्च अदालतले अख्तियारजस्तो संवैधानिक अंगको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको देखिएको छ ।

बन्दी प्रत्यक्षीकरणको बन्ध्याकरण ?

शर्माकी पत्नीले धरौटी मागेर थुनामा राख्ने कार्य गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । शर्मापत्नी कल्पना उप्रेती शर्माले संविधानको धारा १३३ (२) र (३) अनुसार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरे पनि संविधानले तोकेको कुन धारा अन्तरगतको मौलिक हक अख्तियारले उल्लंघन गरेको हो भन्ने निवेदनमा खुलाएकी थिइनन् ।

संविधानको धारा १३३ (२) अनुसार यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि मात्रै सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा असाधारण अधिकार प्रयोग गर्न सक्छ । तर, शर्माको सन्दर्भमा मौलिक हकमा नभई भ्रष्टाचारजस्तो देवानी मिश्रित फौजदारी कानूनको हकमा समेत बन्दी प्रत्यक्षीकरणको आदेश भएको छ ।

संविधानको धारा १३३ को उपधारा ३ मा बन्दी प्रत्यक्षीकरणको आदेश कस्तो अवस्थामा लागू हुन सक्छ भन्ने व्याख्या गर्दै ‘अधिकार क्षेत्रको अभाव भएको बाहेक’ भन्ने पदावली प्रयोग भएको छ ।

अर्को रोचक पक्ष के छ भने अदालतको आदेशमा भनिएको छ कि निवेदिकाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुको कारण हो- ‘अख्तियारले अस्वाभाविक धरौटी माग गरी थुनामा राख्यो ।’

तर, शर्मामाथि छानविन गर्नु अख्तियारको अधिकार क्षेत्रभित्रै पर्छ भनिसकेपछि उनीसँग धरौटी माग्नु वा सो धरौटी दिन नसकेपछि थुन्नु गैरकानूनी कार्य कसरी भयो ? कानूनी थुनामै राखेको हो भने अदालतबाटै म्याद लिइसकेको मुद्दामा बन्दी प्रत्यक्षीकरण कसरी प्रभावित भयो ?  यस्ता प्रश्नबारे सर्वोच्चको आदेशमा व्याख्या गरिएको छैन ।

तर, आदेशको पूर्णपाठ आउन बाँकी नै रहेको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले शर्मालाई रिहा गर्ने आदेश जारी गर्ने बेलामा संविधानको धारा १७ (१) अनुसारको वैयक्तिक स्वतन्त्रताको कुरो उठाएको छ । तर, भ्रष्टाचारको अभियोगमा सरकारकै न्यायिक निकायबाट मुद्दा चलिरहेको अवस्थामा शर्माको कुन वैयक्तिक स्वतन्त्रता हनन भएको हो ? यसबारे नेपालको संविधान र सर्वोच्च अदालतको आदेश आपसमा बाझिएको देखिन्छ ।

सर्वोच्च अदालतको आदेशमा चर्चा गरिएको संविधानको धारा १७ (१) ले वैयक्तिक स्वतन्त्रता अन्तरगत विचार अभिव्यक्तिको स्वतन्त्रता, विना हतियार भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ संस्था खोल्ने स्वतन्त्रता नेपालको कुनै पनि भागमा बसोबास गर्ने स्वतन्त्रता र देशको कुनै पनि भागका रोजगार व्यवसाय गर्ने स्वतन्त्रतालाई मात्र समावेश गरेको छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश 

२०७४ साउन २७ गते १९:५३ मा प्रकाशित (२०७४ साउन २८ गते १९:०३मा अद्यावधिक गरिएको)

लेखक परिचय

अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् । कानुनमा स्नातक एवं राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका बराल सन् २०१३ देखि अनलाइनखवरको सम्पादक छन् ।
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३१ प्रतिकृयाहरू प्राप्त
  • Dhan bdr pun लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २०:२७

    यो धारा १७ (१) र १३३ (२) बाट शुद्ध जल पनि चुहिन्छ होला नि

    19
    0
    Share

  • janardan dahal लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २०:४४

    घुस खाने र अकुत सम्पत्ति कमाउने स्वतन्त्रता होला नि ! र, सब्रोच्चअदालतको निगाहमा शर्माको मुख्य सचिब सम्म हुने धोको पुरा हुने छ / १ अरब कै सानो खर्चमा शर्माको उन्मुक्ति हुनु राम्रै हो / शर्मा एमाले भएकोले का/मा सरकारले दुख दिने नियतले अख्तियारले यस्तो उधुम मच्चाएकोको पनि चर्चा छदैछ / अब बाकि अरबको बलमा शर्मा मुख्य सचिब भैछादलान नि !

    26
    1
    Share

  • हरी हरी लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २१:२९

    जसको जन्मेको मिति नै दुई दुई वटा छ, जसले बिना आधार बिहारीलाई खुशी बनाउन निर्वाचन क्षेत्र थप्ने आदेश दिन्छ, जो दिल्लीको दालपुरी र लैनचौरको चियामा स्वर्ग देखदछ, जसले आफ्नु हाकिमलाई समेत बुढनिलकण्ठमा दाम राखी आशिर्वाद लिएर गलहत्याउछ, त्यस्ताको नेतृत्वमा यहाँभन्दा फरक निर्णयको अपेक्षा गर्नेहरु ले न्याय हुने वा भएको कुरा पर्खेर बस्नु र दिउसै सपना सपना देख्नु एउटै हो, न्याय बिक्रीमा छ सक्नेले किन्ने हो, नसक्नेले किन आरिस गर्नु!

    51
    2
    Share

  • केदार नाथ थपलिया लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २१:३५

    Aba sarbochcha Adalat prati janatako biswas gumi sakyo.tyatro vrastacharilai yati sajilai unmukti? Arabaunko vrastacharilai sadharan tarekhma riha? Ram!! Ram!!!

    22
    0
    Share

  • SK Nepal लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २१:३८

    भ्रष्टाचारीको सङ्रक्षक भयो हाम्रो सर्बोच्च अदालत

    32
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २१:५३

    Hungry children of Bajura, Bajhang, Karnali, Mushar, Chepang have been crying today that those person snatch their food have been set free. Those women died due preventable disease but without any treatment have soul also sad, not rest in peace. Those 50K youth are forced to migrate to 50° C Gulf because closing all opportunities at home are feeling terrible. Every motherland loving citizen are crying, angry, confused and shcocked.

    22
    0
    Share

  • Kshitij लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २२:५२

    Note hunelai chain, vote hunelai ain. Vanya yahi ho.

    13
    0
    Share

  • आयुश के.सी लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते २३:३९

    र म त्यस देशको नागरिक हु जहाँ आज न्यापालिका ले नि हार खायो र पैसा नै फालेपछी जे पनि हुने रैछ थाहा पाए।

    29
    0
    Share

  • Bikki लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ०:३२

    Bikau nyayalaya ani Bikau nyayadhis haru…

    18
    0
    Share

  • dinesh rai लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १:३०

    purna rupma safae diya hunxa akkhiri chudamani matare xaena Nepal ma desh ko dhukuti ritaune ..kasto kanun ho deshma garib ko lagi matra…

    11
    1
    Share

  • Ram लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ५:५३

    होइन यो सर्बोच अदालत भनेको देश हितमा गरिने हरेक निर्णयको बिरोधी अथवा त्यस्ता निर्णयमा बाटो छेक्ने संस्था हो कि क्या हो? जनतालाई त्यस्तै लागि सक्यो भन्या?

    29
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ६:४७

    Nepali kanunko balatkaar ho yo

    15
    0
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ७:५५

    तर, भ्रष्टाचारको अभियोगमा सरकारकै न्यायिक निकायबाट मुद्दा चलिरहेको अवस्थामा शर्माको कुन वैयक्तिक स्वतन्त्रता हनन भएको हो ? यसबारे नेपालको संविधान र सर्वोच्च अदालतको आदेश आपसमा बाझिएको देखिन्छ ।

    22
    1
    Share

  • Kedar thapaliya लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ९:३१

    Xi! Yasto deshma k basnu, jaha Deshle harchha, nyayale harxa, janatale harxa,Satyale harxa. Ani vrastacharile jitxa, anyayale jitxa,asatyale jitxa,Ani deshma taskar ra vrastachariko Raj chalxa.yo desh ra Nepaliko durvagya ho.

    4
    0
    Share

  • Sunder लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ९:३२

    चुडामणि को पैसा अदालतमा पनि पुगेछ यो प्रस्ट भयो

    8
    0
    Share

  • Nepali man लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ९:४८

    Abo yo sarbochha ko nyadhish lai pani mahaabhiyog lagau sarkaar.

    6
    0
    Share

  • sanju लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १०:२५

    यस्तो पनि देख्नु पर्छ,जस्को शक्ति उसैको भक्ति पैसा हुनीले जे गर्दानि हुनी भयो हैन ?

    5
    0
    Share

  • हरि श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १०:३२

    सर्वौच्च अदालत भनेको हामी हिन्दूहरुको ठूलो तिर्थस्थल पशुपती नाथ हो भने सर्वौच्च अदालतका न्यायाधिश भनेको ब्रम्हा , बिष्णु , महेश्वर हुन । तसर्थ यदी वहाँहरुले तनतलापुर घाम लागेको बेला अहिले रात हो भन्नु भयो भने हामीले रात हो भनेर मान्नु पर्छ । किनकी नेपालीहरु यती लाचार , बिवश , निरीह छन कि खै के भनु !

    5
    0
    Share

  • Shyam khatri लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १०:३७

    it is clear that all the advocates who decided to release him and who are raising voice to his side are corrupted people they should be hanged…. Bhrastachar ko Parakasta. Advocate bhanauda haru tapai haruma alikati pani des ko maya 6 vani please do the right decision… natra timi harule afnai aama lai balatkar gareko hunechha… laj navayaka, naitikta navayaka, Bhrastachariharu… ekdin timi haru lai Goli thokna aaune chhan, Goli khayara marepachhi ani mazza garnu paisale bhrastachariharu…… yastai garana….It time to raise voice against these people and decision… to save our country….

    4
    0
    Share

  • Shyam khatri लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १०:४६

    हल्लान्दास नेपाली has also got money to give comment on Chudamani Sharma… Bhrastachariko Jalo …… First give your real identity हल्लान्दास नेपाली than give comment… i think हल्लान्दास नेपाली itself Chudamani Sharma

    1
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते ११:३६

    My concern is “Who will pay back that 100 Arab Rupees which is stolen from Government treasury by these three guys – Choda mani, Lumba, Dhakhal” ?? Personally, I am not an enemy of Mr. Chooda Mani Sharma but I need the guarantee that this amount of money will be back in the Government Basket.
    This 100 Arab, which said by the CIAA that these three guys have stolen, will be sufficient all recovery prgramme of Flood Victims (Immediate food/medicine/shelter support) and long term construction of embankment in Thado, Koshi River.We Nepali people are becoming cruel every day, these flood victims have no hot food for bloody two days, another side how such criminals sets free from Jail???

    4
    0
    Share

  • shree ram लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १२:२६

    पाप कराउने दिन हेर्न गन्दै बसेको पो छु म त ।

    0
    0
    Share

  • Sundar लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १२:४७

    aasto manchelai mafi dinu bhankeo marisakeko manche ko bihe pakka garnu jastai ho . nikamma sarkar

    2
    0
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १३:४४

    Yestai ho Nepal ma – Batha, Saktisali, Paisawala, Jhelli ra Neta kasailai Kanun lagdaina! Pahila Raja ra Rajpariwar ka sadasya laai jastai!

    Kanun ta Garib ra Asahaya laai matrai laagxa! For example, yeuta Garib le India gayera bhari bokera 2-4 hajar Bharu lyayo re! Tyesma anjan bas yeuta 500 Bharu ko note parexa! Police le tyo dekhyo bhane uslai pakrera paisa pani lutxa Kathaghara ma pani thunxa!

    1
    0
    Share

  • Pukar लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:५१

    चुडामणि शर्मा लाइ जबर्जस्ति अपराधि बनाउने अख्तियार, कान्तिपुर पब्लिकेसन, अनि अनलाइन खबर नै हुन् . यिनी हरु ले बिना आधार यति अरब खायो उति अरब खायो भनेर जनता को कान भरे, अख्तियार प्रमुख को अनुचित दबाब मा आयर तथानाम लेखे । ब्यापारी बाट उठ्न नसकेको कर लाइ राज्य को ढुकुटी लुट्यो भनेर प्रचार गरे ।भ्रष्ट्राचार ले आक्रान्त भयको मुलुक मा मिडिया मा यति खबर आयपछी के चाहियो ? मान्छे हरु त्यहि समाचार लाइ पत्यायर चुडामणि शर्मा लाइ गालि गलौज गर्न थाले, फासी दिनु पर्छ भन्न थाले । यो सबै चुडामणि शर्मा माथि को अख्तियार प्रमुख दिप बस्नेत अनि केहि ठालु नेता हरु को नियोजित षडयन्त्र थियो ।
    पटक पटक चुडामणि शर्मा का बिरुद्ध मा लेख लेख्न, जनमानस मा उनि प्रति अत्यन्त नकारात्मक भावना उब्जाउन अख्तियार प्रमुख दिप बस्नेत जी ले कान्तिपुर्, अनलाइन खबर लाइ कति तर्साउनु भयो, कति नास्ता पानि को ब्यबस्था गर्नु भयो त्यो त कान्तिपुर अनि अनलाइन खबर का पत्राकार ज्यु हरु लाइ नै थाहा होला । अर्का दुइ आरोपित हरु लाइ राता रात भगाउने पनि यी माननीय अख्तियार प्रमुख दिप बस्नेत ज्यु नै हुन् । कर फर्छ्योट आयोग का अधक्ष्य र अर्का सदस्य लाइ उन्मुक्ति दियर चुडामणि लाइ मात्रै समाउनु ले अख्तियार को गलत नियत प्रस्ट्याउछ। किनकि यी दुइ जना लाइ चुडामणि शर्मा लाइ समातेको धेरै पछि मात्र लोक लाज को डर ले वान्टेड को सुचना निकालिएको हो ।
    अब कुरो अरबौ को, चुडामणि शर्मा ले एक्काइस अरब खायो रे ? कहा छ त्यो एक्काइस अरब ? दोष मात्र लगायर हुञ्छ ? देखाउनु पर्दैन ? अहिले सम्म कति वटा त्यस्ता कर फर्छ्योट आयोग बने ? २०६३ साल को कर फर्छ्योट आयोग मा अहिले का बहालवाला अख्तियार प्रमुख ज्यु हुनुहुन्थ्यो वहा ले कति कुम्ल्याउनु भयो त्यसको हिसाब छ ?
    यति भन्दै गर्दा तपाइँ हरु लाइ लाग्ला यो त चुडामणि शर्मा को खेताला रहेछ, खेताला त हैन म उन को निकट को मान्छे अनि शुभ चिन्तक हु । भ्रस्ट्राचार उल्मूलन को नाम मा बिना आधार मान्छे लाइ समातेर दुख दिने, असली भ्रस्टाचारी बाट नियमित हप्ता असुली गर्ने, देशै बेच्ने ठुला नेता हरु को पक्ष्य पोषण गर्ने, वास्तविक भ्रस्ट्राचारि लाइ संरक्षण गर्ने, गलत समाचार सम्प्रेषण गर्न लगायर जनता लाइ दिग्भ्रमित गराउने, काम गर्याछु भन्ने देखाउन कारवाही को नाटक मन्चन गर्ने काम अख्तियार ले तुरुन्त बन्द गरोस !
    जय नेपाल !!

    2
    15
    Share

  • Pukar लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:५७

    chudamani sharma was accused and treated as criminal without any evidence, can some one tell me that he was caught red hand ? did CIAA find sacs of notes in his house ? it is all a havoc created by damn corrupt CIAA chief Dip basnyaat ! he has fooled all nepalese !!

    2
    7
    Share

  • सुन्दर भूमी नेपाल लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १८:००

    ११ अरब मध्ये १/२ अरबले मात्र पनि धेरै सुबिधाहरू ख़रीद गर्न सकिन्छ । नेपालको खुला बजारमा धेरै सामाग्रीहरू बिकाऊका छन् । शर्माजीलाई पनि बजार बारे राम्रो जानकारी हुने नै भयो , राजस्व हॉकेर बसेका ब्यक्ति हुन ।

    4
    0
    Share

  • Rajaram लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १३:५८

    Kardata sanga dispute huda 1/3rd deposit magna milne ani 10 arba ko bhrastachar ko aarop lageko bata 1/3rd barabar 3 arba deposit magna namile faisala sarasar galat chha.

    2
    0
    Share

  • raju लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १६:५९

    Pukar ले हसायो । पक्कै चुडामणी को भक्त वा फाइदा लिने आफन्त हुनु पर्छ । भ्रष्टाचार रं‌गेहात दिएर वा लिएर मात्र हुने होइन, लिने दिने मिले पछि कसैले थाहा नपाउने गरी पनि भ्रष्टाचार हुन्छन । यसलाई अनुसन्धान गर्ने प्रकृयाहरु र तरिका पनि हुन्छन । यसमा चुडामणी एक पात्र र अन्य (भु.पु./बहलवाला मन्त्री, बरिष्ट नेताहरु) अदृष्य रुपमा संलग्न छन् कुनै संखै छैन । अदालत पनि बिक्यो, सर्वोच्च अदालतनै विक्यो । सुनिन्छ २ अरब सर्वोच्च र १ अरब विशेष अदालतको भागमा परेको छ । सत्य के हो दिने र लिने नै जानुन तर के कुरा चै साचो हो भने सिस्टमेटिक, नितिगत भ्रष्टाचार हुन्छन नेपालमा । यो यो ठाउमा भ्रष्टाचार हुन्छन् भन्ने प्राय सबैलाई थाहा छ । तर केही गर्न नसकिने अवस्था छ किनकी तिनीहरुबाटै आफुपनि लाभान्वित हुनु छ राज्य संचालन गर्न पुगेकाहरुले । वडा जटिल बिषय छ…. सबै राजनैतिक पार्टिहरुको दृढ स‌ंकल्प, तिब्र ईच्छाशक्ति र भ्रष्टाचार न्यून भएका राष्ट्रहरुबाट अनुसरण गरेर अभियानकै रुपमा लाग्नु पर्ने देखिन्छ । तर यो गर्न राज्य संचालन गर्ने कोही चहदैनन् । विडम्बना….देशको विडम्बना…यो देशको के हालत हुने हो? देशलाई कता र कस्तो अवस्थामा लान खोजिराछन् नेताहरु? ….

    6
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन ३० गते १५:०६

    We, ALL Nepali People will remmeber these people:
    शर्मालाई अख्तियारले थुनामा राख्न पाउँदैन भन्दै सर्वोच्चमा ५ न्यायाधीशहरुमा दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाकुमार घिमिरे र अनिल कुमार सिन्हा छन्, शर्माको पक्षमा वकालत गर्नेहरु वरिष्ठ वकिलहरुमा अधिवक्ता डा. भीमार्जुन आचार्य, खम्बबहादुर खाती, सालिकराम आचार्य र ललितबहादुर बस्नेतले शर्माला, बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र नेपाल बारका अध्यक्ष शेरबहादुर केसी थिए ।

    अधिवक्ता डा. भीमार्जुन आचार्यले शर्मालाई अख्तियारले थुनामा राख्न पाउँदैन भन्दै सर्वोच्चमा वकालत गरेका थिए ।

    1
    0
    Share

  • San लेख्नुहुन्छ    |   २०७४ साउन ३० गते १९:११

    Thukka hamro desh ka aafulai thulo ra buddimani thanne mulaharu ho akhtiyar le gatilo kam garda, bhrastachari lai karbahi garda swotantratako hak bhayo hae?? Usobha aam nagarik ko moulik hak ko barema kehi sochenou hae, gu khane haru, yestalai pani shreeman bhannuparne thukka kukurko puchhar haru

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this